आस्था महिला उद्यमी संघद्धारा भैरहवामा निशुल्क सेनेटरी प्याड बनाउने तालिम

उर्मिला यादव यात्री , ४१०  पटक हेरिएको

भैरहवा, फागुन ३

आस्था महिला उद्यमी संघ सिद्धार्थनगर ९ उदयपुर रुपन्देहीको आयोजना, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको सहयोग तथा साइन रेसुंगा डेब्लपमेन्ट बैंक लिमिटेडको आर्थिक सहयोगमा संस्थागत सामाजिक उत्तरदायित्व महिला उद्यमशिलता कार्यक्रम अन्तर्गत निशुल्क एक दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।


संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीको अध्यक्षता तथा साइन रेसुंगा डेब्लपमेन्ट बैंक लिमिटेड कलस्टर हेड शतिश कुमार द्धिवेदीको प्रमुख आतिथ्यतामा शनिवार भैरहवामा निशुल्क एक दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको हो ।


कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी द्धिवेदीले तालिम जीवन उपयोगी रहेकोले सीप सिकेर व्यवसायिक रुपमा पनि अगाडी बढी आयआर्जन गर्न सकिने बताउनु भएको छ । उहाले तालिमबाट सिकेका प्याड सम्बन्धि ज्ञान, दक्षता, सीपलाई आफ्नो व्यवहारिक जीवनमा प्रयोग गर्नुका साथै आफ्नो सरसफाईका लागि पनि प्याड आवश्यक रहेकाले साइन रेसुंगाा बैंकले यस क्षेत्रमा लगानी गरेको बताउनु भएको छ ।


यस्तै गरी कार्यक्रममा बोल्दै आस्था महिला उद्यमी संघका अध्यक्ष मिनिता थापाले सीप र क्षमताले नै महिलाहरुलाई आत्म विश्वासी बनाउने उल्लेख गर्दै उहाले सेनेटरी प्याड बनाउने तालिम सामाजिक भावनाले उत्प्रेरित रहेको बताउनु भएको छ । उहाले महिनावारीका कारण महिलाहरुमा हुने शारीरिक र मानशिक समस्या हटाउन सेनेटरी प्याडले महत्वपूर्ण भूमिका खेल्ने बताउदै घर वरपर रहेका खेर जाने कपडाबाट प्याड बनाउँदा त्यसले आयआर्जनमा पनि सघाउने उल्लेख गर्नू भयो ।


यस्तै गरी आस्था महिला उद्यमी संघका निर्वतमान अध्यक्ष बिन्दु न्यौपानेले उद्यमशीलताको लागि तालिमहरुको महत्वबारे ब्याख्या गर्दै यो तालिम महिलाहरुको आवश्यकता पूर्तिको अलावा आत्मनिर्भरतालाई पनि सघाउने बताउनु भयो ।

कार्यक्रममा कार्यक्रम संयोजक सम्झना रेग्मीको स्वागत मन्तब्य राख्दै तालिममा सिकेको सिपलाई ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ । उहाले महिलाहरु घरमा मात्र सिमित हुदा आर्थिक उपार्जनमा पछि परेको गुनासो गर्नु भएको छ । उहाले महिलाहरु हरेक क्षेत्रमा इमान्दार भएर काम गर्ने हुदा महिलाहरुलाई यस्तै गरी सिप प्रदान गरी अगाडी बढाउन समेत अनुरोध गर्नु भएको छ ।

आस्था महिला उद्यमी संघका महासचिव पबि खनालले संचालन गर्नू भएको कार्यक्रममा उद्योग ब्यापार संगठनका निबर्तमान अध्यक्ष तथा सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, उद्योग ब्यापार संगठन रुपन्देहीको सल्लाहकार ज्ञानु पौडेल, आस्था महिला उद्यमी संघको बरिष्ठ उपाध्यक्ष माया खनाल लगायतले शुभकामना मन्तब्य राख्दै महिनावारीको बेला महिलाहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालिमले आवश्यकताको संबोधनका साथै महिलाहरुलाई आत्मविश्वासी बनाउने ब्यवसायीकता तर्फ उत्प्रेरित गर्ने जोड दिनु भयो । तालिममा ५० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण प्रभा पौडेल, जानवी शाह,सुधा सहानी, मन्जु पाण्डेले गर्नु भएको थियो ।
साइन रेसुङगा बैंकको ब्रान्च म्यानेजर ममता कुर्मी , नारायण भण्डारी , खिम बहादुर खत्री, उद्योग ब्यापार संगठनका सचीव गौतम गुप्ता, समाजसेवी निलु श्रीस लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१५ , समय : २२:०४:५० , ४ हप्ता अगाडि