उर्मिला यादव यात्री , ४२६ पटक हेरिएको

भैरहवा, फागुन ३
गोपाल सेवा समिती लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर कार्यसमिती रुपन्देहीले शनिबार लुम्बिनीमा रक्तदान कार्यक्रम २०८१ सम्पन्न गरेको छ । गोपाल सेवा समिती लुम्बिनी नगरअध्यक्ष बिमलेश यादवको अध्यक्षता तथा गोपाल सेवा समिती केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले रगतमा जात नहुने हुदा एकथोपा रगतले पनि मानिसको जिवन बचाउन सकिने भएकोले रक्तदान समाज र ब्यक्तिको लागी अति आवश्यक भएको बताउनु भएको छ ।
उहाले पछिल्लो समय मधेशी समुदायमा समेत रक्तदान गर्नूपर्ने भावनाको बिकास र सचेतना भएकोले रक्तदान कार्यक्रममा मधेशी समुदायको उत्साह जनक सहभागिता देखिने गरेको जोड दिनु भयो । उहाले गोपाल सेवा समितीले लामो समय देखि नै रक्तदान कार्यक्रम केन्द्र, जिल्ला लगायत क्षेत्रगत रुपमा गर्दै आएकोले आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रमका गोपाल सेवा समिती लुम्बिनी नगर अध्यक्ष बिमलेश यादवले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिँदै मानव जिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने बिश्वास दिलाउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा गोपाल सेवा समितीका क्षेत्रिय अध्यक्ष रामबेलास यादवले गोपाल सेवा समिती लुम्बिनी सांस्कृतिक नगरपालिका को नगर कार्यसमितीलाई धन्यवाद दिदै रक्तदानले नै नया जिवन दिने भएकोले यो सबैका लागी महत्वपुर्ण भएको बताउनु भएको छ । उहाले रगत दानले नै समस्या र रगतको अभाव झेलिरहेका ब्यक्तिहरुलाई सजिलै बचाउन सकिने बताउनु भयो । उहाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउदै गोपाल सेवा समितीले गर्ने होलीमिलन कार्यक्रममा समेत रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य फकरुद्धिन खानले हामीले जिवनमा बिभिन्न किसिमका सामाजिक दान दिए पनि रक्तदान सबैभन्दा अमुल्य दान भएको बताउनु भएको छ । रक्तदानले अरुले नया जिवन पाउने भएकोले यो एकदमै महत्वपुर्ण र यसमा कुनै पनि बिभेद नभएको जोड दिनु भयो । उहाले गोपाल सेवा समिती लुम्बिनी नगरले आयोजना गरेको रक्तदान कार्यक्रम एकदमै प्रशंसनिय भएको बताउनु भयो ।
यस्तै गरी गोपाल सेवा समिती लुम्बिनी सांस्कृतिक नगर समितीका सल्लाहकार एवम लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब प्रसाद यादवले रक्तदान नै सबैभन्दा ठुलो दान भएकोले रगतको अभावमा कसैको ज्यान जान नहुने बताउनु भएको छ । उहाले मधेशी समुदायमा रगत दिनुपर्ने भावनाको बिकास भैसकेकोले रक्तदान कार्यक्रममा मधेशी समुदायको उत्साह जनक सहभागिता देख्न सकिने समेत बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी खुदाबागर आर्दश कलेजका क्याम्पस प्रमुख रामबली यादवले रक्तदान कार्यक्रमले नौलो उर्जा थपेको बताउनु भएको छ । उहाँले मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै मधेशी समुदायमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बताउनुभएको छ ।
यादवले रक्तदान नै महादान र जिवन दान भएकोले रगतको अभावमा छटपटाइ रहेका ब्यक्तिहरुलाई रगत दान गरी उनीहरुको जिवन बचाउन सक्ने बताउनु भएको छ । उहाले रगतदान सबैले गर्नुपर्ने जोड दिदै यसले हानी नोक्सानी नगर्ने समेत बिश्वास दिलाउनु भएको छ ।
यस्तै गरी रक्तदान कार्यक्रममा खुदाबागर आर्दश कलेजका अध्यक्ष मोहम्मद सईदले बोल्दै रक्तदानले धेरैको जिवन बचाउन सकिने हुदा रक्तदान गर्नुपर्ने बताउनु भएको छ । उहाले समाजको लागी यो उदाहरणीय काम भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ । उहाले रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको बताउदै गाउँ घरमा सचेतना दिन सके अझै धेरै रगत सङ्कलन हुन सक्ने बताउनुभएको छ ।
गोपाल सेवा समिती लुम्बिनी नगर सचिव तथा कार्यक्रम संयोजक रामऔतार यादवले संचालन गर्नु भएको कार्यक्रममा गोपाल सेवा समिती लुम्बिनी नगर कोषाध्यक्ष बिजय कुमार यादव, नगर कमिटी सहसचिव राजाराम यादव, जिल्ला सदस्य सुरेन्द्र यादव, रामराज यादव, राजेश कहार, रेशमा शाक्य,रामअधिन यादव,त्रिलोकी नाथ यादव,नसिमा खातुन, संगिता सापकोटा, दिनेश यादव, रामभवन यादव,,भोला यादव,योगेश चौरासिया,शान्ता कुंवर, चन्द्र बहादुर सुनार,आमिर सोयल मुसलमान, रमेश कहांर, जमिर उल्लाह खांन,घरभरन तेली,श्रवण कुमार हरिजन,रामदेव यादव,महबुब आलम,रमेश गूप्ता,राजन कुमार मिश्रा, किशोर यादव, मनोज कुमार धवल, मिन बहादुर चर्मकार, गुलाब चन्द यादव लगायत समाजसेवी , स्थानिय , सरोकारवाल निकायका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन भने ३२ पोइन्ट रगत संकलन भएको गोपाल सेवा समिती लुम्बिनी नगर अध्यक्ष बिमलेश यादवले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०२-१५ , समय : १७:४७:०१ , ४ हप्ता अगाडि