बर्दघाटको नशा डान्सबारमा भएको कुटपिटबाट एक जनाको मृत्यु

रुपन्देही खबर , २६७  पटक हेरिएको

नवलपरासी, फागुन १

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबिच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको छ । घटना गत माघ २८ गते मध्यराती भएको भएपनि घटनामा घाईते भएका प्रतापुर गाँउपालिका वडा नम्बर ९ का सन्त बहादुर चौधरीको उपचारको क्रममा हिजो साझ बुटवलमा मृत्यु भएको हो । गम्भिर घाईते भएका चौधरीको चौराहा अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका संञ्चालक राकेश हरिजन सहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोहि स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

डान्सबार भित्र भिडियो बनाएको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाईते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी ईन्स्पेक्टर शिव कुमार क्षेत्रीले जानकारी दिनुभयो । घटना मध्यरातमा भएको पाईकाले उक्त होटलको संञ्चालन अवधिको सन्र्दभमा पनि प्रश्न खडा भएको छ । सो क्षेत्रमा विभिन्न यौनजन्य गतिविधि संञ्चालन गर्ने गरी बार तथा रेष्टुरेन्ट संञ्चालन हुने गरेको बताईएकोछ ।

प्रकाशित मिति: २०२५-०२-१३ , समय : २२:३७:०६ , ४ हप्ता अगाडि