लुम्बिनीमा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बुद्धआर्दश मा.बि.लाई

उर्मिला यादव यात्री , १९८  पटक हेरिएको

भैरहवा, फागुन १
लुम्बिनी सांस्कृतिक नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बुद्ध आर्दश मा.बि.ले हात पारेको छ । बिद्यालयले ७ गोल्ड,८ सिल्भर र सात ब्रोन्ज जितेर प्रथम स्थान हासिल गरेको छ । यस्तै गरी आमा मा.बि.ले ६ गोल्ड, ३ सिल्भर, र ३ ब्रोन्ज जितेर दोश्रो स्थान हासिल गरेको छ । भने बलरामपुर मा.बि. ले ४ गोल्ड ,२ सिल्भर, र ६ ब्रोन्ज जितेर तेश्रो स्थान प्राप्त गरेको छ ।


यस्तै गरी बुधबार भएको छात्र तर्फ हाइजम्प खेलमा बलराम पुर मा.बि. प्रथम, बुद्ध आर्दश मा.बि द्धितीय र मधुवनी मा.बि तृतीय स्थान हासिल गरेको छ । भने छात्रा तर्फ हाइजम्प खेलमा खुदाबागर मा.बि. प्रथम, बलरामपुर मा.बि. द्धितीय र बुद्ध आर्दश मा.बि तृतीय स्थान हासिल गरेको छ ।


यस्तै गरी छात्र भलिबल प्रतियोगितामा मसिना बाबा मा.बि प्रथम , खुदाबागर मा.बि द्धितीय र तेनुहवा र मधुवनी मा.बि तृतीय भएका छन । यस्तै गरी छात्र तर्फ भएका कबड्डी प्रतियोगितामा बुद्ध आर्दश मा.बि. प्रथम, मसिना मा.बि द्धितीय, र तेनुहवा,मधुवनी मा.बि तृतीय स्थान हासिल गरेका छन । यस्तै गरी छात्रा तर्फ भएको कबड्डी प्रतियोगितामा आमा मा.बि प्रथम, बुद्ध आर्दश मा.बि द्धितीय, र बलरामपुर मा.बि. र अधियारी तृतीय स्थान हासिल गरेका छन ।


यस्तै गरी छात्र तर्फ भएको ४ सय मिटर रिले दौड प्रतियोगितामा बुद्ध आर्दश मा.बि प्रथम , आमा मा.बि द्धितीय र बलरामपुर मा.बि तृतीय स्थान हासिल गरेका छन भने छात्रा तर्फ भएको प्रतियोगितामा बुद्ध आर्दश मा.बि प्रथम, आमा मा.बि द्धितीय र तरकुलहा आधारभुत बिद्यालय तृतीय स्थान हासिल गरेको छ ।
यस्तै गरी छात्र तर्फ भएको १ सय मिटर रिले दौड प्रतियोगितामा बुद्ध आर्दश मा.बि प्रथम, खुदाबागर मा.बि. द्धितीय र बलरामपुर मा.बि तृतीय स्थान हासिल गरेका छन । यस्तै गरी छात्रा तर्फ भएको खेलमा बुद्ध आर्दश मा.बि प्रथम, भगवानपुर आधारभुत बिद्यालय द्धितीय र करुणा महिला बिद्यालय तृतीय स्थान हासिल गरेका छन ।

सोमबार देखि सुरु भएको राष्ट्रपति रनिङ्ग प्रतियोगिता बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख सजरुद्धिन मुसलमानले कक्षा ८, १० र १२ मा बिद्यार्थीहरु नगरमा नै प्रथम आएमा त्यस्ता बिद्यार्थीहरुलाई ल्यापटप पुरस्कार दिने प्रतिबद्धता गर्नु भएको छ । भने नगरमै द्धितीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई साइकल प्रदान गर्ने समेत बताउनु भएको छ ।

उहाले जसरी खेलकुद क्षेत्रमा बिद्यार्थीहरु मेहनत गरी उत्कृष्ट स्थान हासिल गरेका छन त्यसरी नै शिक्षामा समेत मेहनत गरी अगाडी आउन आग्रह गर्नु भएको छ । उहाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा शिक्षा क्षेत्रमा सुधार ल्याउन आफुले बिद्यार्थीहरुमा लगानी गर्दै आएको बताउनु भएको छ भने आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा चौथो राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगिताका खेलकुद सदस्य सचिव मोहम्मद इलियास खां ले नगरले यस्तै खेलकुद मार्फत बिद्यार्थीहरुलाई हरेक क्षेत्रमा अगाडी ल्याउन आग्रह गर्नू भएको छ । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रम नगरले गर्ने बताउदै लुम्बिनीमा खेल स्टेडियमको आवश्यकता भएको उल्लेख गर्नू भयो । उहाले लुम्बिनीमा रहेको खेलमैदान ब्यवस्थित बनाउन आग्रह समेत गर्नु भएको छ ।


चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खेलकुद सदस्य सचिव मोहम्मद इलियास खां को अध्यक्षता तथा नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष इनामूल्लाह फकिर, नगर शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, समाजसेवी अल्ताफ हुसेन खान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतियोगितामा वडा नम्बर ३ का वडा अध्यक्ष अकारामुद्दिन खा, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष इनामूल्लाह फकिर, कार्यपालिका सदस्य हुसेनी लोध, लगायतबाट पुरस्कार वितरण गरिएको थियो। भने कार्यक्रमको सञ्चालन दिनेश कुमार उपाध्यायले गर्नुभएको थियो। प्रतियोगितामा नगर क्षेत्रका १६ वटा विद्यालयहरुका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०२-१३ , समय : १०:२०:२४ , ४ हप्ता अगाडि