मालपोत कार्यालय भैरहवामा कर्मचारीको चरम लापरवाही,घुस लिएको ५ हजार रुपैया फिर्ता

बिना घुस काम हुदैन :सेवाग्राहीको गुनासो

सर्बेन्दर यादव, उर्मिला यादव यात्री , १००५  पटक हेरिएको

भैरहवा, माघ ३०

मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कर्मचारीले मनोमानी र घुस लिने गरेको जनगुनासो बढन थालेपछि रुपन्देही खबरले अनुगमन गरेको छ । अनुगमनको क्रममा मालपोतका कर्मचारी समयमा कार्यालय नआउने र बिभिन्न बहानामा घुस लिने गरेको पाइएको छ । घुस नलिइ कुनै पनि काम गर्दैनन एक सेवा ग्राहीले भने । कर्मचारीहरु सेवा ग्रााहीको लालपुर्जा ,श्रेष्ता मोठमा जानेर गल्ती गरेको र त्यही गल्तीलाई सच्याउन पाच हजार रुपैया देखि १० हजार सम्म घुस लिने गरेको पाइएको हो ।

कर्मचारीले नै सेवा ग्राहीको लालपुर्जामा र कार्यालयको श्रेष्तामा बिभिन्न किसिमका गल्तीहरु जस्तै लालपुर्जामा दर्ता नम्बर गलत लेख्ने, वा दर्ता नम्बर नै नलेखी पठाइदिने मात्र नभइ लालपुर्जामा नामथर फरक लेखिदिने, नाम थर लेख्दा अक्षरको मात्राहरु फरक लेखिदिने,श्रेष्ता वा लालपुर्जामा नागरिकता नम्बर फरक , जारी मिती फरक लेख्ने, श्रेष्ता र लालपुर्जामा कित्ता नम्बर नै फरक लेखिदिने र पछि सोही कुरा नमिल्दा सेवाग्राहीलाइ  फर्काएपछि घुस दिए पछि मात्र सोही कुरा सच्याउने गरेको भुसेवा केन्द्रका एक कर्मचारीले नाम नबताउने शर्तमा बताउनु भएको छ ।

मालपोत कार्यालय भैरहवाका कर्मचारीले प्रत्यक्ष रुपमा सेवाग्राहीबाट घुस नलिइ भु सेवा केन्द्रका संचालकहरु संंग सेटिंग मिलाएर घुस लिने गरेको सेवाग्राहीहरुले बताएका छन ।
मालपोतका कर्मचारीले सेवाग्राहीको नागरिकता, लालपुर्जा, र मालपोत कार्यालयमा रहेको श्रेष्ता रेर्कडलाई मोठ भिडाउदा अधिकांश सेवाग्राहीका नागरिकता नम्बर फरक, नामथरमा मात्रा फरक, कित्ता नम्बर फरक, जन्ममिती फरक, जारी मिति फरक छ , दर्ता नम्बर मिलेन, लालपुर्जा र श्रेष्तामा नाम फरक भयो मिलेन, कम्युटरको सिस्टममा देखिएन, वा फरक देखियो मिलेन जस्ता बिभिन्न किसिमका समस्या देखाइ सेवाग्राहीलाई दुख दिने गरेको सेवाग्राहीले  नै गुनासो गरेका छन ।

रोहिणी गाउपालिका वडा नम्बर ४ का रमेश यादवले मालपोतका कर्मचारीलाई तीन हजार रुपैया घुस दिइ लालपुर्जा सच्याएको बताउनु भएको छ । उहाले बैदेशिक रोजगारीका लागी जग्गाको लालपुर्जा धितो राखी बैंकमा पैसा निकाल्न जादा लालपुर्जामा दर्ता नम्बर छैन, भनि बैंकले पठाए पछि उहा मालपोत कार्यालय भैरहवा पुगे पछि त्यहाका कर्मचारीले वडा कार्यालयबाट सिफारिस लिए आए पछि मात्र दर्ता नम्बर दिन मिल्ने भनि फर्काएका बताउनु भएको छ । निराश हुदै यादव पुन भु सेवा केन्द्रमा गए पछि त्यहाका संचालकले तीन हजार रुपैया लाग्छ तुरुन्तै दर्ता नम्बर चढाइन्छ भनेपछि उहा तीन हजार रुपैया संचालक मार्फत कर्मचारीलाई दिए पछि दश मिनेटमै आफनो काम भएको बताउनु भयो ।

यता रोहिणी ४ औरहवाको मृतक बेलास भर को सम्पति दुइ छोरा अभिमन्यु भर र अनिल भरको नाममा नामसारी गर्दा कित्ता नम्बर फरक छ भनि कित्ता नम्बर सच्याउन भुसेवा केन्द्र मार्फत १ हजार रुपैया घुस लिएको लोहनी भुसेवा केन्द्रका एक कर्मचारीले रुपन्देही खबरले बनाएको भाइरल भिडियोमा नै बताएका छन ।

यस्तै गरी सोहि मृतक बेलास भरको तीन कठठा ६ धुर मोहिमा तीन भाग मध्ये बेलास भरले पाएको एक कठठा २ .धुर जग्गाको लालपुर्जामा मोही हक काटिएको थियो तर मालपोत कार्यालयको कर्मचारीले कार्यालयको श्रेष्तामा मोही नकाटेकोले पुन त्यसलाई सच्याउन २०८१ साल माघ १५ गते मालपोतकै अर्काे कर्मचारीले सेवाग्राही दुइ दाजुभाइ बाट ५ हजार रुपैया घुस लिइ सच्याएको सबुत प्रमाण रुपन्देही खबरलाई प्राप्त भएको छ ।

रुपन्देही खबरले कर्मचारीको लापवाही र घुस लिएको भिडियो बनाउने बित्तिकै सेवाग्राहीबाट लिएको ५ हजार रुपैया अर्काे दिन माघ १६ गते कर्मचारीले भुसेवा केन्द्रमार्फत फिर्ता समेत गरेको  भरले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : १२:३०:२३ , ४ हप्ता अगाडि