रुपन्देहीमा बिभिन्न मुद्धाका ७ जना फरार प्रतिवादी पक्राउ

रुपन्देही खबर , २३४  पटक हेरिएको

भैरहवा, माघ २८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धाका ७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले २०७४ साल फागुन १४ गतेको फैसला बमोजिम चोरी मुद्धामा २४ दिन कैद सजाय भई हाल सम्म फरार रहेका फरार प्रतिवादी सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने बृजेश कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ । यस्तै गरी गरी इलाका प्रहरी कार्यालय मझगावाले २०६४ साल मंसिर १८ गतेको फैसला बमोजिम अशंबण्डा मुद्धामा ७ हजार २ सय ४० जरिवाना फैसला भई हाल सम्म फरार रहेका कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने बिक्रमा देवी मिश्रालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै गरी २०६८ साल फागुन १८ गतेको फैसला बमोजिम जालसाजी मुद्धामा रु. ८ सय १२ रुपैया जरिवाना फैसला भई हाल सम्म फरार रहेका कोटहीमाई गाउँपालिका वडा नं. ४ बस्ने सोहराती कुर्मीलाई पक्राउ गरेको जनाएको छ । यस्तै गरी इलाका प्रहरी कार्यालय बेथरीले २०७५ साल बैशाख १५ गतेको फैसला बमोजिम कृर्ते मुद्धामा १८ दिन कैद सजाय भई हाल सम्म फरार रहेका सियारी गाउँपालिका वडा नं.२ बस्ने बाल गोबिन्द यादव रहेका छन ।

यस्तै गरी इलाका प्रहरी कार्यालय ओमसतियाले २०६६ साल बैशाख १५ गतेको फैसला बमोजिम जालसाजी मुद्धामा जरिवाना फैसला भई हाल सम्म फरार रहेका ओमसतिया गाउँपालिका वडा नं. ५ बस्ने श्याम नारायण पाण्डे पक्राउ गरेका छन । वडा प्रहरी कार्यालय भैरहवाले २०६८ साल मंसिर २ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा जरिवाना फैसला भई हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ बस्ने राजिव थापा पक्राउ गरेका छन । वडा प्रहरी कार्यालय बुटवलले २०६९ साल असोज ४ गतेको फैसला बमोजिम लागु औषध अन्य मुद्धामा रु.८ हजार २ सय २५ जरिवाना फैसला भई हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.११ बस्ने जिवन गुरुङ पक्राउ गरेका छन ।

 

प्रकाशित मिति: २०२५-०२-१० , समय : २१:५७:०३ , ४ हप्ता अगाडि