उर्मिला यादव , १९३ पटक हेरिएको
भैरहवा, माघ २२
श्री पिपरहवा माध्यमिक बिद्यालय रोहिणी ५ पिपरहवा रुपन्देहीमा मुर्ती स्थापना, सरस्वती पुजा , भवन उदघाटन तथा अभिभावक दिवस समारोह २०८१ सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बैजनाथ अग्रहरीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद तथा पुर्व कृषिमन्त्री छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा सोमबार भवन उदघाटन तथा अभिभावक दिवस समारोह २०८१ सम्पन्न भएको हो । माथिल्लो दुई कोठे कार्यालय भवनको उदघाटन गर्दै प्रमुख अतिथी बिश्वकर्माले देशको अर्थतन्त्र धेरै अप्ठयारो अवस्थामा पुगेको बताउनु भएको छ । उहाले जनताका आधारभुत समस्याहरु चुलिदै गएको र समाजमा निराशा बढदै गएकोले अहिलेको सत्ता समिकरण बनेको बताउनु भयो ।पुर्व कृषि मन्त्री बिश्वकर्माले ठुला राजनितिक दलहरु कांग्रेस, एमाले यो समिकरणमा रहेको र बाहिरबाट अन्य पार्टीको पनि सहयोग रहेको उल्लेख गर्नुभयो । उहाले समझदारीले नै यो परिस्थितीलाई सम्हाल्नुपर्ने अवस्था भएको उल्लेख गर्दै अहिले सामान्य अवस्था नभएकोले यो समिरकण बनेको उल्लेख गर्नु भयो । उहाले जनताको निराशलाई आशावादीतामा रुपान्तरणा गर्नुपर्ने भएको बताउदै जनताका आधारभुत समस्यालाई सम्बोधन गरेर अगाडी बढाउने पहल भैरहेको बताउनु भयो । उहाले देशको अर्थतन्त्रलाई सम्हालेर अगाडी बढने कोसिस जारी रहेको उल्लेख गर्दै यसलाई सकरात्मक रुपमा लिन समेत आग्रह गर्नु भएको छ । उहाले जनताले सारेका योजनामा आधारित भएर काम गरिरहेको समेत बताउनु भएको छ ।संघिय सांसद बिश्वकर्माले श्री पिपरहवा मा.बि.मा मुर्ती स्थापना,सरस्वती पुजा, भवन उदघाटन तथा अभिभावक दिवस सम्पन्न
बिद्यालयले अघि सारेका योजनालाई प्राथमिकतामा राखेर काम गर्न सहयोग गर्ने सांसद तथा पुर्व कृषिमन्त्री बिश्वकर्माको प्रतिबद्धतामा ध्यमिक बिद्यालयमा अरु पुर्वाधार निमार्णको काम भैरहेको बताउदै सुचना, प्रबिधि समेतको कामलाई जोडने बताउनु भएको छ । उहाले बिद्यालयले अघि सारेका योजनालाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले आफु संसदीय समितीको शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधिको समितीमा रहेकोले बिद्यालय शिक्षा बिधेयकमा छलफल समेत गर्दै आएको बताउनु भयो । उहाले शिक्षा क्षेत्रमा रहेको जटिलतालाई निरुपण गरेर अगाडी बढने प्रयत्न गरिरहेको समेत बताउनु भएको छ ।उहाले संबिधानको मर्म अनुसार शिक्षा क्षेत्रमा लगानी परिमार्जन गरी अगाडी बढने र बिद्यार्थीहरु तथा युवाहरुलाई आत्मनिर्भर बन्ने दिशामा शिक्षाले मार्गनिर्देशन गर्नुपर्ने खालका योजनामा जुटन आग्रह गर्नु भएको छ । शिक्षा क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढन अनुरोध गर्दै नकरात्मकता र बिरोधले मात्रै गन्तब्यमा पुग्न नसकिने भएकोले कमी कमजोरीलाई रचनात्मक ढंगले आलोचना गर्ने र जिम्मेवार पक्षले सुधार गर्दै अगाडी बढन सके मात्र शिक्षा क्षेमा सुधार ल्याउन सकिने बिश्वास ब्यक्त गर्नु भयो ।यस्तै गरी रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले रोहिणी गाउपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागी बिशेष योजनाका साथ शिक्षामा लगानी गरेको बताउनु भएको छ । उहाले गाउपालिकाको शिक्षा क्षेत्रमा आएको निराशाजनक रिजल्टले शिक्षा क्षेत्रमा भएको लगानी बालुवामा पानी खन्याए जस्तै भएकोले पछिल्लो समय गाउपालिकाले कार्यबिधी बनाएर १५ वटा बिद्यालयमा शिक्षक नै हेरफेर गरी काम गरेको बताउनु भयो । जसले गर्दा अहिले शिक्षा क्षेत्रमा २५ देखी ३० प्रतिशत सुधार आएको उल्लेख गर्नु भयो । उहाले गाउपालिकाले बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समिती संग कागजपत्र नै गरी यो आर्थिक बर्षमा ५१ प्रतिशत रिजल्ट आउने गरी कार्यबिधी बनाएको बताउनु भयो ।
उहाले यहाका स्थानिय बिद्यार्थीहरु क्याम्पसको अभावका कारण बाहिर पढन जाने बाध्यतालाई अन्त्य गर्नका लागी पालिकामै क्याम्पसको ब्यवस्थापनका लागी पहल गरेको बताउनु भएको छ । उहाले रोहिणीको बिकासमा केही कसर बाकी नरहेको बताउदै शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायत हरेक क्षेत्रमा बिकास गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले यस बिद्यालयको बिकासका लागी वडा बाट १० लाख र गाउपालिकाबाट ९ लाख रुपैया बजेट बिनियोजन गरेको बताउदै यस बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गर्ने बताउनु भयो ।
यस्तै गरी बिद्यालयका प्रधानाध्यापक मुबारक अलीले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पिपरहवा माध्यमिक बिद्यालय यस क्षेत्रको सबैभन्दा पुरानो वडा नम्बर ५ को एक मात्र सामुदायिक बिद्यालय भएको बताउनु भएको छ । उहाले यस बिद्यालयमा बालबिकास देखि कक्षा १२ सम्म ५ सय ९० जना बिद्यार्थीहरु अध्ययरत रहेको जानकारी दिनु भएको छ । उहाले बिद्यालयको शैक्षिक नतिजा कमजोर रहेकोले नजितालाई उत्कृष्ट बनाउन बिद्यालयमा प्रत्येक कक्षा कोठामा सिसिटिभी क्यामरा द्धारा निगरानी गरिएको र एकाई परीक्षाको समेत ब्यवस्था गरिएको बताउनु भएको छ । उहाले बिद्यार्थीहरुको नियमितताका लागी नेपाल सरकारद्धारा लागु गरिएका दिवाखाजा एवम छात्राहरुका लागी सेनेटरी प्याडको नियमित ब्यवस्था गरिएको समेत जानकारी दिनु भएको छ ।यस्तै गरी बिद्यालयको आगामी लक्ष्यहरुमा मौजुदा शैक्षिक उपलब्धी कम्तीमा ३० प्रतिशत बृद्धि गरी शैक्षिक उपलब्धी ७० प्रतिशत पुरयाउने र सोको कार्य योजना निमार्ण गरी कार्यान्वयन गर्ने, आगामी आर्थिक बर्षदेखी बिद्यालयमा अंग्रेजी बिद्यालयमा अंग्रेजी माध्यमका कक्षाहरु संचालन गर्ने लगायत कक्षा ११ र १२ मा अध्यापन गर्न शिक्षक दरबन्दी माग गर्न पहल गर्ने , शुद्ध खानेपानीको ब्यवस्थापन गर्न बिद्यालयले सम्बन्धित निकाय संग पहल गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
कार्यक्रममा बिद्यालयका शिक्षक गंगाराम यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा रोहिणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष इन्द्रमान चौधरी, रोहिणी ५ का वडाध्यक्ष घनश्याम सिंह क्षेत्री, श्री पशुपति माध्यमिक बिद्यालय रोहिणी ६ पर्साका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नगेन्द्र प्रसाद धवल, युनिक होम्स इंगलिस बोडिंग स्कुलका प्रिन्सिपल मनोज यादव, नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता, रोहिणी गाउपालिका वडा नम्बर २ का पुर्व वडाध्यक्ष सरोज कुमार पाण्डेय, संबिधान सभा सदस्य घनश्याम यादव, नेकपा बिप्लवका पोलिट ब्युरो सदस्य एवम आन्तरिम बिधायक बिनोद उपाध्याय , पिपरहवा मा.बि का बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बैजनाथ अग्रहरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न दाताहरुले बिद्यार्थीहरुको लागी पोसाक, टिपिन, टि.भी.,झोला लगायतका सामाग्रीहरु बिद्यालयमा प्रधानाध्यापक मुबारक अलीलाई हस्तान्तरण गरेका थिए । भनेकार्यक्रममा बिद्यालयको बिकासमा अमुल्य योगदान पुरयाएका र आर्थिक सहयोग गरी मन्दिर निमार्णमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर १ क का लुम्बिनी प्रदेश सांसद आशिष चौधरी, क्षेत्र नम्बर १ ख का लुम्बिनी प्रदेश सांसद अब्दुल रज्जाक, राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सह महामन्त्री ताहिर अली, नेकपा एमालेका रपन्देही जिल्ला कमिटी सदस्य प्रदिप पाण्डेय, चन्दादाता राजु अग्रहरी, श्री जयमाता दी मेटल उद्योग सेमरहवाका प्रोप्राइटर राजेश अग्रहरी, अकलेश अग्रहरी लगायत बिद्यालयका शिक्षक , बिद्यार्थी, अभिभावक, स्थानिय , समाजसेवीहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो । भने बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २०२५-०२-०४ , समय : १३:५२:२७ , २३ घन्टा अगाडि