समाजसेवी जन्मेजय यादवद्वारा ५१ जना नागरिकलाई निशुल्क तिर्थ यात्रा

महेश यादव , ८५४  पटक हेरिएको

नवलपरासी , असार ३०

समाजसेवी जन्मेजय यादवले ५१ जना नागरिकलाई निशुल्क तिर्थ यात्रा गराउनु भएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी जन्मेजय यादवले आफ्नाे ब्यक्तिगत लगानीमा भारतकाे पिपरहवा , लेहडा तथा रामकाेला लगायतकाे धार्मिक एव पर्यटकीय स्थलमा यात्रा गराउनु भएको हाे ।


यादवले आफ्नाे टाेल तथा वडा भित्र रहेका ५१ जना बालबालिका , महिला तथा जेष्ठ नागरिकलाई तिर्थयात्रा गराउनु भएको हाे ।

समाजसेवी यादव यस अघि समाजमा भएका अति बिपन्न तथा पछाडि पारिएकाे समुदायलाई आर्थिक रुपमा सहयोग गर्नुको साथै विद्यालयमा निशुल्क फिल्टर वितरण , राहत वितरण ,जेष्ठ नागरिकलाई सम्मान लगायतकाे कार्य आफ्नाे ब्यक्तिगत लगानीमा गर्नुभएको छ । साथै गरिब बिपन्नकाे हरेक दुखसुखमा साथ दिई रहनु भएको छ।

उहाँकाे यस कामबाट स्थानिय युवा तथा समाजसेवीले केही सिक्नुपर्ने सन्देश दिइएको छ ।

प्रकाशित मिति: २०२२-०७-१४ , समय : २३:२५:४१ , २ वर्ष अगाडि