रुपन्देही खबर , १४० पटक हेरिएको
दाङ, माघ १८
जिल्ला खेलकुद विकास समिति, दाङ लुम्विनी प्रदेशका अध्यक्ष राजकुमार पोख्रेल हमालले पदबाट राजिनामा दिनु भएको छ ।अदालतको अन्तरिम आदेशलाई समेत बेवास्ता गरी प्रदेश सरकार तथा प्रदेश खेलकुद विकास समितिले हाल सम्म पनि कुनै चासो नदेखाएको भन्दै अध्यक्ष हमालले पदबाट राजिनामा दिनु भएको छ ।
नियमावलीले तोकिए बमोजिम ४ वर्ष कार्यकालका लागि प्रदेश खेलकुद परिषद लुम्विनिको मिति २०७९/०३/१९ को निर्णय अनुसार मिति २०७९/०३/१९ देखि २०८३/०३/१८ गते सम्म कार्यकाल रहने गरि म समेतलाई नियुक्त गरिएकोमा कार्यकाल बाँकी रहि रहेको अवस्थामा प्रदेश खेलकुद परिषद लुम्बिनी दाङ्गको मिति २०८१/०२/१८ को निर्णय बमोजिम दाङ जिल्ला खेलकुद विकास समिति समेतलाई विघटन गर्ने निर्णय थियो ।
यस उपर अध्यक्ष हमालले उच्च अदालत तुलसीपुरमा रिट नं.०८१-८०-००३६ को उत्प्रेषण समेतको मुद्दा मिति २०८१/०८/०४ मा दर्ता गरि मिति २०८१/०८/०५ अन्तरिम आदेश हुदा विघटन गर्ने मिति २०८१/०२/१८ को निर्णय कानुन विपरित भएकाले मेरै अध्यक्षताको समितिलाई कामकाज गर्न दिनु भनि अन्तरिम आदेश दिए पनि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद वेखवर भई चासो नदेखाएका कारणले आफुले आफ्नो पदवाट राजिनामा दिएको र राजिनामा स्विकृत गर्न प्रदेश खेलकुद परिषद लुम्विनी प्रदेशलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२५-०१-३१ , समय : २०:२२:२० , ५ दिन अगाडि