नवलपरासीमा लागु औषध नियन्त्रणमा लिने क्रममा गोली लागि एक जना घाइते

रुपन्देही खबर , १४१  पटक हेरिएको

नवलपरासी, माघ १८

नवलपरासीमा लागु औषध नियन्त्रणमा लिने क्रममा गोली लागि एक जना घाइते भएका छ्न । घाइते हुनेमा रामग्राम नगरपालिका १२ पचगाँवा बस्ने ५२ बर्षिय राजेश लोनिया रहेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गएराती ८ बजेको समयमा लोनियाको घरमा लागु औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि. सागर भट्टराईको कमाण्डमा खटिएको ५ जनाको टोलीले लोनियाको घरमा खानतलासी गर्दा लागु औषध (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) सहित लोनियालाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि समेत आक्रमण गरि भाग्न खोज्दा प्रहरीले ४ राउण्ड गोली प्रहार गर्दा उक्त फाएर राउण्ड मध्ये १ राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागी घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते लोनियाको जिल्ला अस्पताल परासीमा उपचार भैरहेको छ । भने अवस्था मध्यम बोल्न सक्ने, उक्त लागु औषध किनबेचमा संलग्न रहेको १ जना ब्यक्ति फरार रहेकोप्रहरीले जनाएको छ । लोनियाको साथबाट ९३ पुरिया (ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागु औषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : ०६:३०:५३ , ४ घन्टा अगाडि