उर्मिला यादव यात्री , १०७ पटक हेरिएको
भैरहवा, माघ १७
नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीले एक सय दिने बिशेष राष्ट्रिय अभियान समापन तथा प्रतिनिधी सम्मान कार्यक्रम आज बिहीबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणको सभापतित्व तथा पुर्व गृहमन्त्री बालकृष्ण खांणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
एक सय दिने बिशेष राष्ट्रिय अभियान समापन कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी खांणले नेपाली कांग्रेसको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताउनु भएको छ । उहाले नेपाली कांग्रेस जिवन्त, गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाबिक भएको बताउनु भयो ।
जसको भबिष्य छैन जो जिवन्त छैन त्यसको बारेमा टिकाटिप्पणी नहुने खांणले जिकिर गर्नु भयो । उहाले नेपाली कांग्रेस पार्टीको बिकल्पमा अरु पार्टी नभएको बताउदै कांग्रेस असफल भए देश असफल र संबिधान नै असफल हुने दाबी गर्नु भयो । उहाले भन्नु भयो कांग्रेस असफल भए लोकतन्त्र असफल हुन्छ । लोकतान्त्रिक मुल्य पद्धती असफल हुने भएकोले संसार भरी छरिएका आम नेपालीहरुको सफलता र प्रजातन्त्र तथा राष्टियताको सम्बर्द्धन र सुदृकरणका लागी पनि नेपाली कांग्रेसलाई सफल बनाउनु परेको बताउनु भएको छ । जसलाई कांग्रेसका कार्यकर्ताले नै बलियो बनाउने उल्लेख गर्नु भयो ।
नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहनु भएको खांणले लुम्बिनी देखि मुक्तिनाथ सम्मको यात्रालाई सहज गराउने कामका लागी राज्य गम्भिर हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले यसको लागी सुरक्षित बाटो निमार्णका लागी आफुहरुले लुम्बिनी र गण्डकी सरकारलाई पटक पटक आग्रह गर्दै आएको समेत बताउनु भयो ।
उहाले नेपालमा भएका सम्भावनाहरुलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । उहाले नेपालको जलवायुमा भएको बिबिधतालाई उपयोग गर्नका लागी नेपालमा अन्तराष्टिय स्तरका बिद्यालय तथा कलेजहरु खोल्नु पर्ने बताउनु भएको छ । उहाले बिदेशी बिद्यार्थीहरुका लागी नेपाली बिद्यालयमा छात्रबृत्तिको ब्यवस्था गर्न सके मात्र नेपालमा थप बिकासका बाटोहरु खुल्ने बताउनु भयो । उहाले बिदेशी स्तरको बिद्यालय नेपालमा भएमा नेपाल पनि शैक्षिक क्षेत्रमा फडको मार्नु मात्र नभइ देशबाट बाहिरिने योग्य जनशक्ति नेपालमै रोक्न सक्ने दाबी गर्नु भयो ।उहाले नेपालको प्राकृतिक सम्पदालाई अधिकतम प्रयोग गर्न सके मात्र देशमा सोचे जस्तो बिकास गर्न सकिने बताउनु भयो । खांणले रुपन्देही जिल्लामा नेपाल महिला संघ गठन गर्न आग्रह समेत गर्नु भएको छ । उहाले महिलाहरुलाई अग्र पंक्तिमा आउन आग्रह गर्दै राजनितीमा महिलाहरु अगाडी आउनुपर्ने उल्लेख गर्दै संबिधानमै महिला अनिवार्य तोकेपछि निर्वाचनमा महिला उपाध्यक्ष होइन मेयर लडनुपर्ने बताउनु भयो ।
यस्तै गरी नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नेपाली कांग्रेसले समुदाय स्तरमा उदाहरणीय कार्य गर्दै आएको बताउनु भएको छ । उहाले नेपाली कांग्रेसको निर्देशन अनुसार नै जिल्लामा बिभिन्न कार्यक्रमहरु गर्दै आएकोले युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसतर्फ केन्द्रित भएर काम गर्दै आएको उल्लेख गर्नु भयो । उहाले नेपाली कांग्रेसमा संगठन बनाउन देखि लिएर अझै पनि धेरै काम गर्न बाकी रहेकोले छिटटै नै रुपन्देहीमा नेपाल महिला संघ गठन गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष एवम रुपन्देहीका लागी केन्द्रिय प्रतिनिधी डा. जिवन रानाले बोल्दै महिला संघको क्रियासिल सदस्यता बितरण गर्न आग्रह गर्नु भएको छ । उहाले महिलाहरुलाई पार्टीमा निरन्तरता र धैर्यता दिन जोड दिनु भयो । उहाले धैर्यता र निरन्तरता दिन नसक्नेले राजनिती गर्नै नसक्ने दाबी गर्नू भयो । उहाले पदको लागी मात्र राजनितीमा आउनेहरु सफल हुन नसक्ने बताउदै एक अर्काको सहयोग गरी अगाडी बढन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको सहसचिव बासुदेव रिमालको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा वडा नम्बर ३ का सभापति केशरी पाण्डे, दामोदर पौडेल, नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ प्रदेश सभा २ का सभापति मदन प्रसाद पोखरेल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति प्रजा पाल, नेपाली कांग्रेस रुपन्देहीका पुर्व पार्टी सभापति रामचन्द्र ढकाल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सार्वजनिक लेखा समितीका सभापति भरत कुमार शाह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व नेबि संघका अध्यक्ष नयन सिंह महर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाली कांग्रेसले रुपन्देही जिल्लाको १ सय ५५ वटा वडामा जिल्लाबाट प्रतिनिधीहरु खटाएको थियो । जसमा उत्कृष्ठ काम गर्ने १० जना प्रतिनिधीहरुलाई समेत सम्मान गरिएको थियो । जसमा नेपाली कांग्रेस तिलोत्तमा वडा नम्बर ३ का सभापति केशरी पाण्डे, नेपाली कांग्रेसको नगर सभापति कोसिस बहादुर खडका लाई सम्मान गरिएको थियो भने अग्रज नेता तर्फ नेपाली कांग्रेसका पुर्व पार्टी सभापति रामचन्द्र ढकाल, शैलेन्द्र कुमार अधिकारीलाई सम्मान गरिएको थियो ।
यस्तै गरी नेपाली कांग्रेसको एक सय दिने अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको शुष्मा हमाल, नरेश कुमार श्रेष्ठ, प्रेम नारायण कुर्मी, राजकुमार वाग्ले, लेखनाथ भटटराई, जन्नतुन निशा, तिलकराम ज्ञवाली, ओम कुमार श्रेष्ठ लगायतलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही, महाधिवेशन प्रतिनिधी तथा संबिधान सभा सदस्य जन्नतुन निशा धुनिया, नेपाली कांग्रेस रुपन्देहीका पुर्व पार्टी सभापति शैलेन्द्र कुमार अधिकारी,रामचन्द्र ढकाल,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व नेबि संघका अध्यक्ष नयन सिंह महर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सार्वजनिक लेखा समितीका सभापति भरत कुमार शाह, लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल , देवी प्रसाद चौधरी, क्षेत्रिय सभापति शुशिल गुरुंग, प्रजापाल गिरी, हिरा बहादुर खत्री, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, कंचन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, सम्मरीमाइ गाउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य साबित्रा टण्डन, जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइ लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०१-३० , समय : २१:५६:५९ , १० घन्टा अगाडि