महेश यादव , ५६१ पटक हेरिएको
सरावल , असार २९
पश्चिम नवलपरासिको सरावल गाउपालिका वडा नम्बर -२ को वाड कार्यालयमा स्थानिय द्वारा लगाइएको ताला अझै सम्म खुल्न सकेको छैन । कोरोनाकालमा अति बिपन्न गरिब घरपरिवारलाई लक्षित गरि कोरोना प्रभावितको लागि सरकारले प्रती घरधुरी १० हजारको दरले राहत वितरण गर्ने भनी सरावल गाउपालिकालाई परिपत्र गरेको र सोहि बमोजिम पालिकाले पनि वाडमा परिपत्र गरि कोरोना प्रभावितहरुको नाम छनौट गर्न भनेपनि वाडले आफ्नो पायक पर्ने र सम्पन्न परिवारको नाम छनौट गरेको हुदा आक्रोशित वडाबासिले सोमबार दिउँसो वाड नम्बर -२ को कार्यालयमा ताला लगाएका थिए ।
आज बुधबार स्थानियबासि र वडाध्यक्ष लगाएतका जनप्रतिनिधि बिच वार्ताको लागि भेला भएपनी उक्त वार्ता बिना निष्कर्स सकिएको छ ।
वार्ताको क्रममा स्थानियबासिले वाड नम्बर -२ का जनप्रतिनिधिले कोरोना प्रभावित अति बिपन्न गरिबको नाममा खेलवाड गरेको हुदा सबै सामु माफी माग्नुपर्ने, फेरि पनि गल्ती नदोहरियोस भनी सबै सामु प्रतिबद्ध हुनुपर्ने र वास्तविक कोरोना प्रभावित जुन सुचना समेत नपाइ फर्म भर्न बाट बन्चित भएकाहरुले पनि उक्त राहत पाउनुपर्ने लगाएको मागहरुअघी सारेको र उक्त मागमा वडा कार्यालय सकारात्मक नदेखिएको हुदा आजको वार्ता निष्कर्स बिहिन भएको छ ।
आक्रोशित स्थानियहरुले आफुहरुको माग पूरा नभएसम्म ताला नखोल्ने अडान दोहराएका छ्न । सरावल वाड नम्बर -२ मा जनप्रतिनिधिहरु आफ्ना आसेपासेहरुलाइ प्राथमिकतामा राखी राहत वितरण गर्न लागेको र केही जनप्रतिनिधी धम्किपुर्ण शब्द समेत प्रयाेग गरेको हुदा यस्तो कार्यको बिरोध गर्दै आफुहरु आवश्यक परे शसक्त ढंगले पनि प्रस्तुत हुने पनि स्थानियहरुले चेतावनी दिएका छ्न । ताला लागेको आज तीन दिन भएको छ ।
प्रकाशित मिति: २०२२-०७-१३ , समय : २२:२७:४० , २ वर्ष अगाडि