फोनिज रुपन्देहीको अध्यक्षमा मिन बहादुर राना

पार्वती थारु , २१७  पटक हेरिएको

बुटवल ,माघ १३

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको ७ औ जिल्ला अधिवेशनमा मिन बहादुर रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।

जसको उपाध्यक्षमा राज चौधरी , सचिवमा आकृति थापा, सहसचिवमा मनु गुरुङ, कोषाध्यक्षमा पार्वती थारु, र्निविरोध चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जगत ठाडा मगर, वसन्त सिंजाली, सुमन थापा, निलम चौधरी, एकु राना , नारायणी पाटामगर  जगिलाल थापा र खिम रेस्मी मगर रहनु भएको छ ।

बुटवल स्थित पितृ बाजि बज्या थानमा शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउपालिकाका उपाध्यक्ष मौसमी गुरुङ, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना,  लुम्बिनी प्रदेश सरकार सन्चार प्रतिष्ठान संयोजक तथा लुम्बिनी प्रदेश इन्चार्ज मिलन गाहा, फोनिज केन्द्रिय सदस्य कमल चौधरी, फेनिज केन्द्रिय पार्षद, नेपाल प्रेस युनियनका अध्यक्ष कविन्द्र  नेपाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष  विनोद परियार, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विनोद कुवंर,राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष टंक सुनार , प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, आदीवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष  इन्द्र राई, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज अमृत गिरी नेपाल मगर संघ बुटवल उपमहानगरका अध्यक्ष बसन्ती साठीघरे मगर , फोनिज जिल्ला रुपन्देहीका निर्वतमान अध्यक्ष सोनु  थापा , पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार हरिश ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा  नयाँ निर्वाचित कार्यसमतिलाई बधाई तथा आगामी कार्यकालको प्रगतिको शुभकामना समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०१-२६ , समय : ०९:५२:२१ , १ हप्ता अगाडि