पिताम्बर चापागाईं , १३५ पटक हेरिएको
सुनवल , माघ १२
शुभ प्रभात नव भावना लिएर
साहित्य जगतमा उदाउन खोजे
झन्डै दुई दशक लाग्न खोजेछ ।
समयले कहाँ पुर्यायो अनि झस्केर
प्रतिबिम्ब भयो ।
जीवन जगत भित्र अल्पतामा
जिवनको लुप्त परिचय
लुप्त प्रतिभालाई परिचित गराउन
पुन:साहित्यको ढोकामा आइपुगे
स्वागतका अनमोल भावहरु भेटे
नेपथ्यबाट एउटा प्रश्न आउँछ
कता हराएको ?
समयको अनेक मोडहरु
भित्र शैर गर्दा गर्दै
जिवनले बाटाे अन्तै मोडछ ।
सुन्दर कल्पना, सपनाहरु
क्षणिक बनेर,
सबै समयको परिबन्धनले बाधिन्छ ।
कला, संस्कृती,संस्कारहरु
मानव सभ्यताको आधार बनी
जगत चराचर सृष्टि भित्र
प्रतिबिम्ब हुन्छ,नौला बिचार
नव समयका कला,सौन्दर्यता
प्रतिबिम्ब हुन्छ ।
छल्केर भावको लहरले
साहित्यको नव कृतिको उदय हुन्छ ।
जिवन्त बनेर सदैव साहित्य जगतमा
नवभावना बोकेर शुभ प्रभातमा
प्रतिदिन प्रतिबिम्ब हुन्छ ।
लेखक : पिताम्बर चापागाईं
सुनवल ४ नवलपरासी
प्रकाशित मिति: २०२५-०१-२५ , समय : १०:०२:०१ , ६ दिन अगाडि