अन्जना चौहान , १४४ पटक हेरिएको
लुम्बिनी, माघ ११
लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया खेल मैदानमा क्रिकेट टुनामेन्ट पिएलपिएल सिजन 7 प्रतियोगिता हुने भएको छ । आयोजकले बिहिवार लुम्बिनीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १२ गतेदेखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको छ ।
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि नव युवा क्लबको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिका र वडा नम्बर ३ को सहयोगमा हुना लागेको छ । यो खेलमा नेपाल बाट १६ टिम र भारतबाट १६ टिम गरि जम्मा ३२ टिम सहभागी हुने भएको छ । खेलमा नेपालबाट नेपाली खेलाडी मात्र खेल्न पाउने छन् र फाइनल खेलमा ३ जना मात्र विदेशी खेलाडीले नेपालको टिम बाट खेल्ने पाउने छन , खेलाडीहरु पोषक एक मात्र रंगमा हुनेछ, टाढा बाट आउने खेलाडी हरुलाई खानाको ब्यबस्था रहेको छ । यो खेलमा प्रथम बिजेता हुनेलाई रु २ लाख २५ हजार र ट्राफी , उपबिजेता हुनेलाई रु १ लाख र ट्राफी र मैन आफ द मै रु १६ हजार, अनुशासित टिमलाई ८ हजार पुरुस्कार, बेस्ट बैटमैन रु ८ हजार, बेस्ट बलर रु ८ हजार , प्रत्येक मैचमा मैन अफ द मैच रु १ हजार दिने आयोजकका अध्यक्ष अहमद हुसेन खाँनले जानकारी दिनु भएको छ ।
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर र नेपालबाट सिरहा, कपिलवसु लुम्बिनि मर्चवार लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा भाग लिने उहाले बताउनु भएको छ ।
यस पाली प्रतियोगितामा करिब १७ लाख खर्च लाग्ने उहाले बताउनु भयो । प्रतियोगितालाई लुम्बिनी नगर पालिका र वडा कार्यलय स्थानीय सघं सस्थाको सहयोगबाट आयोजना भएको खाँले बताउनु भयो।
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति मनाेबल बढाउने उद्देश्यले पडरिया लुम्बिनी प्रिमियर लिग को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुन गइरहेको प्रतियोगिताको सातौं स्तरको हो ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताउनु भएको छ । यस्तै नेपालबाट सिरहा,मर्चवार लुम्बिनी कपिलवस्तु नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट टिमहरु प्रतियोगितामा भाग लिने अहमदले बताउनु भयो ।
पहिलो पुरस्कार २ लाख र दोश्रो पुरस्कार १ लाख , यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको अहमदले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०१-२४ , समय : ०७:३२:११ , २ हप्ता अगाडि