रुपन्देहीबाट २७ लाख ४२ हजार मूल्य बराबरको अबैध सामान बरामद

रुपन्देही खबर , २२८  पटक हेरिएको

भैरहवा, माघ ९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलि गरि ल्याईएका करिब २७ लाख ४२ हजार मूल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले मंगलबार सियारी गाउँपालिका वडा नंम्बर ७ स्थित बगैंचामा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याउदै गरेको सात हजार ८ सय ५० पिस आईफोनको चार्जर केबल, ६ हजार २ सय पिस एयरफोन, चारहजार ९ सय पिस बिभिन्न किसिमका मोबाइलका ग्लास र ६८० मिटर मखमलको कपडा प्रहरीले बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२५-०१-२२ , समय : २२:०९:४४ , १ हप्ता अगाडि