रुपन्देही खबर , १७१ पटक हेरिएको
कपिलवस्तु, माघ ९
कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेश प्रसाद यादव र रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एडि ०१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गणेशलाई ४ लाख रूपैयाँ र पैदलयात्री श्री बहादुरलाई २ लाख रूपैयाँ सहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका– ३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२५-०१-२२ , समय : २१:४२:३८ , १ हप्ता अगाडि