खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न 

रामु भुसाल , ११०  पटक हेरिएको

नवलपरासी , पुस २७

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नम्बर ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी सुरक्षा योजना सम्बन्धि १ दिवसीय अभिमुखिकरण कार्यक्रम शनिबार बर्दघाटमा सम्पन्न गरेको छ। सस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समिति संयोजक कमल थापाको अध्यक्षता तथा बर्दघाट वार्ड नम्बर ४ का वार्ड अध्यक्ष बेदबिना तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले संस्थाले विरण गर्ने खानेपानी मुहान देखी उपभोक्ताको मुख सम्म पुग्दा मापदण्ड अनुसारको शुद्धता र गुणस्तर कार्यम गर्न चुनौती रहे पनि बर्दघाट खानेपानीले हाल सम्म मापदण्ड अनुसारनै खानेपानी उपलब्ध गराउँदै आएको बताउदै पानीको मुहान सरसफाई, र पानीको शुद्धतामा संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । खानेपानीको शुद्धताको विषय प्रत्यक्ष रुपमा मानव स्वास्थ्य संग जोडिएको विषय भएकोले थोरै मात्र ध्यान नपुगे यसले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भएकोले त्यसको लागि खानेपानी सुरक्षा योजना समिति सदैव चनाखो हुनुपर्ने बताउनु भयो।

सो अवसरमा संस्थाका  अध्यक्ष दिपक लम्सालले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै अहिले सम्म संस्थाले उपभोक्ताहरुलाई शुद्ध पानी उपलब्ध गराउँदै आएकोमा परिस्कृत मापदण्ड अनुसार भए नभएको बारेमा पानीको परिक्षण गर्ने र अपुग देखीए तत्काल मापदण्ड पुरा गरी उपभोक्तालाइ शुद्ध पानी उपलब्ध गराईने बताउनुभयो ।

खानेपानी सुरक्षा योजना समितिका संयोजक कमल थापाले खानेपानीको शुद्धताको बारेमा उपभोक्ताहरुलाई पनि सचेत गराउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिँदै थप शसक्त रुपमा काम गरिने बताउनु भयो।

स्वास्थ कार्यलय रुपन्देहीका खिमलाल पाण्डेयले कार्यक्रमको सहजीकरण गर्दै सुरक्षा योजनाका चरण,नेपालमा खानेपानीको अवस्था ,पानीजन्य रोग,र सरोकारवालाहरुको भुमिकाका बारेमा प्रकाश पार्नु भयको थियो। सस्थाका कार्यसमिति ,सुरक्षा समिती,सचेतना समूह,सस्थाको कार्य क्षेत्र भित्रका टोल विकास सस्थाका प्रतिनिधि,महिला स्वयंसेवीका,कर्मचारी लगायत नगरभित्रका खानेपानी सस्थाका व्यवस्थापकहरुको सहभागीता रहेको कार्यक्रममा सस्थाको डकुमेन्ट्री र सस्थाले विभिन्न समयमा गरियका गतिविधिहरु प्रस्तुत गरिएको थियो।

संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले सस्थाको बित्तिय र भौतिक गतिविधि प्रस्तुत गर्दै समय समयमा हुने यस्ता खालका कार्यक्रमल्रे संस्थालाई थप शसक्त र मजबुत बनाउँदै लैजाने बताउनुभयो । सुरक्षा समिति सदस्य लक्ष्मि शर्माको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सन्चालन सस्थाका सचीव शोभाकान्त कोइराला (शिव)ले गर्नु भएको  थियो।

प्रकाशित मिति: २०२५-०१-११ , समय : १८:३५:३३ , ३ दिन अगाडि