रुपन्देही खबर , २१० पटक हेरिएको

नवलपुर, पुस २६
नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनु भएको छ ।
शुक्रवार साँझ करिब ५ बजेको समयमा अत्यधिक भार बोकेको ट्र्क हिडदा पुलको बिच भाग भासिएपछि यातायात अवरुद्ध भएको प्रजिअ पोख्रेलले बताउनुभयो । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो । डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्न केही समय लाग्ने प्रजिअ पोख्रेलले बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : २०:२७:४५ , ३ महिना अगाडि