उर्मिला यादव यात्री , ९६ पटक हेरिएको
मर्चवार, पुस २६
श्री गौतम बुद्ध स्वालम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मरीमाई ६ घरभरिया रुपन्देहीको २५ औं बार्षिक साधारण सभा बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिप चन्द्र मुरावको अध्यक्षता तथा सम्मरीमाइ गाउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी श्रीवास्तवले सहकारीले समाजका नागरिकहरुलाई बचत गर्न सिकाउनु मात्र नभइ यसले आफना शेयर सदस्य लगायतको आर्थिक, सामाजिक क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान पुरयाएको बताउनु भएको छ । उहाले केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै सहकारीहरुलाई नियम संगत काम गर्न आग्रह गर्नु भएको छ ।
उहाले यस सहकारीमा पछिल्लो कार्यसमितीले नियमबिपरीत धेरै कामहरुले गरेकोले कारवाहीको दायरामा ल्याउन समेत आग्रह गर्नु भएको छ । उहाले सहकारीमा कुनै पनि किसिमको समस्या र मतभेद भए त्यसलाई छलफल गरी सुल्झाउन अनुरोध गर्नु भएको छ । गाउपालिकालाई समयमै सहि सुचना दिन समेत यहाका संघसंस्थाले आलटाल गरेको गुनासो गर्नु भएको छ । उहाले संस्थामा भएको त्रुटीहरुलाई समाधान गरी अघि बढन आग्रह गर्नु भएको छ । उहाले सहकारीको बिकासमा स्थानिय सरकारको सधै साथ रहने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले सम्मरीमाइ गाउपालिकाको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न तर्फ पनि लागि परेको बताउनु भएको छ ।
यस्तै गरी संस्थाका अध्यक्ष दिप चन्द्र मुरावले यस सहकारीले शेयर सदस्यहरुलाई छिटो छरितो कर्जा उपलब्ध गराउदै आएको यस सहकारीले शेयर सदस्यहरु बिस्तार गर्दै जाने लक्ष्यका साथ काम गरिहेको बताउनु भएको छ । उहाले संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरी आवश्यक परार्मश दिदै आएको बताउनु भएको छ । सात सय ५६ जना शेयर सदस्य रहेको यस सहकारीको शेयरपुजी १९ लाख ८७ हजार ९ सय रुपैया रहेको अध्यक्ष मुरावले जानकारी दिनु भएको छ । यस्तै गरी बचत संकलन ११ करोड ७९ लाख ५१ ह्जार १ सय ७३ रुपैया रहेको जानकारी दिनु भएको छ । यस्तै गरी ऋण लगानी ८ करोड ८३ लाख २२ हजार ९ सय ८ रुपैया, ऋण असुली ८ करोड ६५ लाख २६ हजार ४ सय ७७ रुपैया रहेको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंंगेनीले सहकारीले गरेका कामहरुका बारेमा शेयर सदस्यहरुले जानकारी राख्नु पर्ने बताउनु भएको छ । उहाले सहकारी जत्तिको ठुलो सेवा दिने अरु कुनै निकाय नभएकोले संबिधानले सरकारी, निजी क्षेत्र संगसंगै जनतालाई सेवा दिने क्षेत्रको रुपमा सहकारीलाई मान्यता दिएको समेत बताउनु भएको छ । उहाले सहकारीले शेयर सदस्यहरुलाई दुर्घटना बिमा, सुत्केरी भेटघाट, शेयर सदस्यका छोराछोरीहरुलाई पढाइमा प्रोत्साहनका लागी सम्मान, क्रिया खर्च , सुलभ दरमा ऋण लगानी लगायत धेरै सुबिधाहरु प्रदान गर्दै आएको सहकारी संस्थाहरु केही अप्ठ्यारा परिस्थितिका बीच सञ्चालन भइरहेको बताउनु भएको छ । उहाले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न जिल्ला सहकारी संघ,लगायत राष्ट्रिय सहकारी महासंघले सहजिकरण गरिरहेको समेत बताउनु भएको छ ।
उहाले पुस १४ गते आएको बिधेयकले सहकारी क्षेत्रलाई बिगार्ने प्रयास गरिहेको बताउदै सहकारी क्षेत्रको बिकासमा समेत अवरोध गरिरहेको उल्लेख गर्नु भयो । उहाले यस्ता बिधेयक संसोधन गर्नुपर्ने जोड दिनु भएको छ । उहाले सहकारीमा भएका कमी कमजोरीहरुलाई शेयर सदस्यहरुले सम्बन्धित निकायमा नै जानकारी गराइ छलफल गरी समाधान गर्नुपर्ने जोड दिनु भएको छ ।
कार्यक्रममा सम्मरीमाइ गाउपालिका सहकारी शाखा प्रमुख महेन्द्र प्रसाद हरिजनले बोल्दै सम्मरीमाइ गाउपालिकामा १३ वटा सहकारीहरु संचालनमा रहेको बताउदै सबैभन्दा बढी पुजी हुने सहकारी नै श्री गौतम बुद्ध स्वालम्बन बचत तथा ऋण सहकारी संस्था रहेको बताउनु भएको छ । उहाले गाउपालिका भित्र संचालनमा रहेका सहकारीहरुको कुल जम्मा पुजी २९ करोड, ५१ लाख रहेको बताउदै जसमा २४ करोड ३४ लाख रुपैया शेयर सदस्यहरुमा नै लगानी भएको जानकारी दिनु भएको छ । उहाले सहकारी संस्थाले शेयर सदस्यहरुको माथि नै लगानी भएकोले यसको महत्व बुझन सबैलाई आग्रह समेत गर्नु भएको छ । उहाले सम्मरीमाइ गाउपालिका भित्रका सहकारीबाट ऋण लिएका ४ सय १० जना शेयर सदस्यहरुले लिएको ऋणको समय नाघिएकोले समयमै ब्याज बुझाएर ढुक्क हुन आग्रह समेत गर्नु भएको छ । उहाले सहकारीबाट बितरण हुदै आएको मलखाद समयमै नआउदा सहकारी प्रति किसानहरुको गुनासो बढेको बताउदै यस प्रति सकरात्मक बन्न समेत सुझाव दिनु भएको छ ।
कार्यक्रममा संस्थाका ऋण संयोजक सदस्य नन्दलाल कुर्मीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठी, संस्थाका सल्लाहकार समिती संयोजक हरिराम कुर्मी ,कोटहीमाइ सहकारी संजालका अध्यक्ष दुर्गा प्रसाद कुर्मी, रुपन्देही बचत तथा ऋण सहकारी संघका अशोक कुमार तिवारी, जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठी लगायतले बोल्दै सहकारीले किसानहरुलाई समयमै मलखाद उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा लेखा परीक्षण प्रतिबेदन संस्थाका कर्मचारी अंगद सहानीले प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरीबेक्षण समितीका संयोजक दिलिप कुमार वारीले लेखा प्रतिबेदन, कोषाध्यक्ष बिश्वनाथ चाइ र संस्थाका सचिव राम सेवक केवटले आ.ब. २०८१र८२ को कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रम संचालन राम अनुज प्रताप त्रिपाठीले गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट बालबचत कर्ताहरुलाइ झोला , उत्कृष्ट शेयर सदस्य तथा जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गरिएको थियो भने सम्मरीमाइ गाउपालिका अन्तर्गत रहेका सहकारी संस्थाका अध्यक्ष, ब्यवस्थापकहरु लगायतहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी केशव प्रसाद मौर्या,असुरबाबा कृषि सहकारी संस्थाका ब्यवस्थापक जय प्रकाश गुप्ता, मर्चवारी देवी स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक बिष्णु प्रसाद सहानी , जनकल्याण स्वालम्बन बचत तथा ऋण सहकारीका शैलेश यादव, जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारीका इन्द्रमणी यादव, दशरथ प्रसाद कोहार लगायत श्री गौतम बुद्ध स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य लगायत बिभिन्न संघसंस्थाका पदाधिकारी, सरोकारबाला निकायहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : २०:१७:३० , ३ घन्टा अगाडि