सिद्धार्थनगर नगरपालिकाले भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै 

उर्मिला यादव यात्री , ५२  पटक हेरिएको

भैरहवा, पुस २६

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ गर्ने जनाएको छ । प्रतियोगिता पुस २७, २८ र २९ गते सिद्धार्थनगर नगरपालिकाको श्री पक्लिहवा माध्यमिक विद्यालयमा हुने जसको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता बारे आज पत्रकार सम्मेलन गरी जानकारी दिनु हुदै नगर प्रमुख इश्तियाक अहमद खा ले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङगिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको जानकारी दिनु भएको छ । उहाका अनुसार विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यका साथ रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयमा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन । भलिवल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ। तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन । सबै ईभेन्ट तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण पत्र दिईने छ । प्रतियोगिताको तयारी तिव्र पारीएको छ। प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको आयोजकले जनाएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-१० , समय : १६:५२:१८ , ४ घन्टा अगाडि