रुपन्देही खबर , ८२ पटक हेरिएको
धकधई , पुस २५
रोहिणी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले ३ सय जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । बुधबार वडा कार्यालयमै एक कार्यक्रमको आयोजना गरि कम्बल वितरण गरिएको हो ।
अहिले शीत लहर चलिरहेको तथा बढ्दै गरेको चिसोबाट जोगिन ७० वर्ष भन्दा माथिका तीन सय जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले बताउनु भएको छ । “चिसोबाट सबै भन्दा बढी वृद्ध तथा बालबालिकाहरु प्रभावित हुने भएकोले पहिलो चरणमा जेष्ठ नागरिकलाई कम्बल वितरण् गरेको बताउदै बजेट हेरी अन्यलाई पनि कम्बल वितरण गरिने जानकारी दिनु भएको छ ।
वडा कार्यालयले अहिले अत्याधिक चिसो रहेकोले यसबाट जोगिन सबै नागरिकलाई अनुरोध गरेको छ । वडाले शीतलहर, हुस्सुका कारण मानवीय तथा धनजनको क्षति हुने भएकोले शीतलहर तथा हुस्सुबाट बच्नको लागि समयमै सचेत रहन सबै वडावासीलाई अनुरोध गरेको छ । यससंगै शीतलहरबाट हुन सक्ने नोक्सानी रोक्न सबैले आ–आफ्नो तर्फबाट भुमिका निभाउन समेत वढाले अनुरोध गरेको छ ।
कम्बल वितरण कार्यक्रममा वडा अध्यक्ष क्षेत्री संगै वडा सदस्यहरु जुद्ध चौधरी, नेम बहादुर घर्ति, कविता देवी गौड, बेचनी पासी तथा कर्मचारीहरु कृष्ण मोहन यादव, रामवचन कहार, अनिल चौधरी, श्वेता विश्वकर्माले सहयोग गर्नु भएको थियो भने कार्यक्रम वडा सचिव पूर्णिमा घिमिरेको सञ्चाल गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०९ , समय : ०५:३८:०५ , १९ घन्टा अगाडि