रुपन्देही खबर , १२७ पटक हेरिएको
भैरहवा, पुस २१
नेपाली कांग्रेस वडा कार्य समिती कोटहीमाइ ७ रुपन्देहीले आइतबार एक कार्यक्रमकका बिच एक सय दिने बिशेष राष्ट्रिय अभियान तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ । कोटहीमाइ गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष पवन कुमार यादवको अध्यक्षता तथा मायादेवी गाउपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिती सदस्य धुब्र नारायण चौधरीको प्रमुख आतिथ्यतामा सय दिने बिशेष राष्ट्रिय अभियान तथा वडा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले राजनितीमा महिलाहरु अझै सक्रिय भएर आउनुपर्ने जोड दिनु भएको छ । उहाले पार्टीमा भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा काम गर्न समेत आग्रह गर्नु भएको छ । पछिल्लो समय राजनिती प्रति मानिसहरुको गलत सोचाइको माहोल बन्दै गएकोले यसलाई चिर्न रामो कार्य गरेर देखाउनुपर्ने उल्लेख गर्नु भयो । उहाले राजनितीमा युवाहरु आउनुपर्ने जोड दिदै नेपाली कांग्रेसमा युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसतर्फ पनि सोच्नुपर्ने बताउनु भयो । उहाले कोटहीमाइ गाउपालिका वडा नम्बर ७ ले गाउमा नै उदाहरणीय काम गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी जयचन्द यादवले राष्ट्रियता, लोकतन्त्र, समाजबादको लागी नेपाली कांग्रेस कसैको अगाडी नझुकेको बताउनु भएको छ । उहाले राष्ट्रलाई बलियो बनाउन नेपाली कांग्रेस एकबद्ध भएर लागी परेको बताउनु भएको छ । उहाले कांग्रेसको अगुवाइमा प्रजातन्त्र आएदेखी नै शिक्षा, स्वास्थ्य ,बाटोघाटो लगायत बिभिन्न क्षेत्रमा उल्लेखय बिकास हुदै गएको बताउनु भएको छ । यादवले नेपाली कांग्रेसका क्षमताबान नेताहरुले गर्दा नै आज देशमा आमुल परिर्वतन आएकोले कांग्रेसका कार्यकर्ताहरुले गर्व गर्नुपर्ने बताउनु भयो ।
यस्तै गरी कोटहीमाइ गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष पवन कुमार यादवले वडा नम्बर ७ ले जनताको चाहना अनुसार नै काम गर्दै आएको बताउनु भएको छ । उहाले वडा कार्यालयले वडाको बिकासमा बिभिन्न योजनाहरु बनाएर समृद्ध कोटहीमाइ गाउपालिका बनाउने उदेश्यका साथ काम गर्दै आएकोले पालिकामा भौतिक बिकास संगै मानवीय बिकासमा समेत जोड दिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका राम आशिष यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा पालिका सभापति पदम भण्डारी, नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधी गुरुबचन यादव, वडा सदस्यहरु इसराक अहमद, घनश्याम लोध,माल्ती हरिजन लगायतले बोल्दै नेपाली कांग्रेसलाई वडा वडामा बलियो बनाउन आग्रह गर्नु भएको थियो । भने कार्यक्रम संचालन पदम भण्डारीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : २१:५१:०७ , २ दिन अगाडि