प्रकाश न्यौपाने , ११९ पटक हेरिएको
नवलपरासी ,पुस २१
संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पीडकको सम्पत्तिबाट सरकारले असुल गरि सहकारी पीडितको रकम फिर्ता दिनु पर्ने बताउनु भएको छ ।
साना किसान कृषि सहकारी संस्थाको रजत जयन्ती कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खनालले सहकारीमा सदस्यहरूले बचत र शेयरको रुपमा राखेको पैसाको ग्यारेन्टी राज्यले लिनु पर्ने धारणा राख्नु भयो ।खनालले सहकारी पीडितलाई राज्यले यो वा त्यो नभनी छानबिन गर्नु पर्नेमा जोड दिँदै कुनै पनि निर्दोष व्यक्ति पर्न नहुने र दोषी व्यक्ति कानुनी दायराबाट उम्कन नहुनेमा जोड दिनु भयो । “कानुन अनुसार पीडक देखिएमा निजको सम्पत्तिबाट असुल उपर गरी सहकारी पीडितलाई रकम दिनु पर्छ ।” खनालले भन्नु भयो ।
स्थानीय व्यक्तिहरूको सहभागी र नेतृत्व भएको सहकारी अहिले पनि बलियो भएको उल्लेख गर्दै खनालले केही सहकारीमा आएको समस्यालाई लिएर सबै सहकारीहरूलाई एउटै डालोमा हालेर मुल्यांकन गर्ने नहुने बताउनु भयो । अहिले सरकारले अध्यादेश ल्याएर कतिपय सहकारी संस्थाहरूमा रहेका बेथितिहरूलाई निगमन गरेर सहकारीहरू व्यवस्थित गर्न खोजेको खनालको भनाइ छ । सहकारी क्षेत्रप्रति आम धारणा सुधार्न र यसको विश्वसनीयता कायम गर्न नियमको पालना र सुदृढ व्यवस्थापन अपरिहार्य रहेको खनालले बताउनु भएको छ ।
लुम्बिनी प्रदेश कृषि, वन वातावरण समितिका सभापति बिश्वप्रेम पाठकले अन्य सहकारीले भन्दा किसानलाई यसले राम्रो गरेको दाबी गर्नु भएको छ । त्यस्तै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नीति र विधिमा नचलेका सहकारीहरूमा समस्या आएको बताउनु भयो । ‘अहिले समुदायको प्रत्यक्ष संलग्नता रहेका सहकारीहरुमा कुनै पनि समस्या छैन । निती र विधिमा चलिरहेका सहकारीहरू राम्रोसँग चलिरहेको छन । केही सहकारीहरू नीति बाहिर चलेको र अहिले तिनिहरुमा समस्या देखिएको छ ।’ श्रेष्ठले भन्नुभयो ।
बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले पञ्चनगर साना किसानको वित्तीय अवस्था हेर्दा संस्था बलियो रहेको उल्लेख गर्दै संस्थाले शेयर सदस्य केन्द्रिय सेवा र कर्जा लगानी गर्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका बुटवल शाखाका प्रबन्धक बिधुर अर्याल र जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलदिप आचार्यले समुदायको अपनत्व नभएका केही सहकारीहरू बिग्रीएको बताउनु भयो ।
कार्यक्रममा सस्थापक अध्यक्ष ऋषिराम सुबेदी, जेष्ठ सदस्य पशुपति अधिकारी, अम्बि कुमारी घर्तीलाई सम्मान गरिएको छ । शेयर सदस्य परिवारका सदस्यहरु छोरा छोरी विद्यार्थी १२ कक्षाको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने उज्ज्वल काफ्ले र इन्द्र कुमारी चौधरी, सस्थापक शेयर सदस्यहरु, सस्थाले गरेको कार्यक्रमहरुमा रक्तदान, हाजिरी जवाफ, दौड, घैटो फोर, कुर्चि दौड प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्नेलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष मथुरा प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बद्री प्रसाद सुबेदीले गर्नु भएको थियो । सस्थाले रजत जयन्तीको अवसरमा स्मारीका बिमोचन समेत गरिएको छ ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : २०:१७:३५ , २ दिन अगाडि