उर्मिला यादव यात्री , २०८ पटक हेरिएको
भैरहवा, पुस २१
नेपाली कांग्रेस वडा कार्य समिती सिद्धार्थनगर ५ रुपन्देहीले शनिबार एक कार्यक्रमकका बिच एक सय दिने बिशेष अभियान तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस नगर वडा समिती वडा नम्बर ५ का सभापति केशव प्रसाद गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला प्रतिनिधी तथा महाधिवेशन प्रतिनिधी गोपालमान राज भण्डारीको प्रमुख आतिथ्यतामा सय दिने बिशेष अभियान तथा वडा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले राजनितीमा महिलाहरु अझै सक्रिय भएर आउनुपर्ने जोड दिनु भएको छ । उहाले पार्टीमा भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा काम गर्न समेत आग्रह गर्नु भएको छ । पछिल्लो समय राजनिती प्रति मानिसहरुको गलत सोचाइको माहोल बन्दै गएकोले यसलाई चिर्न रामो कार्य गरेर देखाउनुपर्ने उल्लेख गर्नु भयो । उहाले राजनितीमा युवाहरु आउनुपर्ने जोड दिदै नेपाली कांग्रेसमा युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसतर्फ पनि सोच्नुपर्ने बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले नगरमा नै उदाहरणीय काम गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ ।
यस्तै गरी नेपाली कांग्रेस सिद्धार्थनगर नगरसभापति कोशिस बहादुर खड्काले बोल्दै राष्ट्रियता, लोकतन्त्र, समाजबादको लागी नेपाली कांग्रेस कसैको अगाडी नझुकेको बताउनु भएको छ । उहाले राष्ट्रलाई बलियो बनाउन नेपाली कांग्रेस एकबद्ध भएर लागी परेको बताउनु भएको छ । उहाले कांग्रेसको अगुवाइमा प्रजातन्त्र आएदेखी नै शिक्षा, स्वास्थ्य ,बाटोघाटो लगायत बिभिन्न क्षेत्रमा उल्लेखय बिकास हुदै गएको बताउनु भएको छ । नगरसभापति खड्काले नेपाली कांग्रेसका क्षमताबान नेताहरुले गर्दा नै आज देशमा आमुल परिर्वतन आएकोले कांग्रेसका कार्यकर्ताहरुले गर्व गर्नुपर्ने बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस एकीकृत र संगठित भएको दाबी गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ ले जनताको चाहना अनुसार नै काम गर्दै आएको बताउनु भएको छ । उहाले वडा कार्यालयले वडाको बिकासमा बिभिन्न योजनाहरु बनाएर समृद्ध सिद्धार्थनगर बनाउने उदेश्यका साथ काम गर्दै आएकोले सिद्धार्थनगरमा भौतिक बिकास संगै मानवीय बिकासमा समेत जोड दिएको उल्लेख गर्नु भयो ।
उहाले सिद्धार्थनगर वडा नम्बर ५ फ्रि वाइफाइ जोन, वडाबाट बेसिक कम्प्युटर तालिम, चुरापोत बनाउने तालिम, ब्युटीसियन तालिम, सिलाइकटाइ तालिम, सेनेटरी प्याड बनाउने लगायतका बिभिन्न तालिमहरु प्रदान गरी महिला, तथा युवायुवतीहरुलाई आत्मनिर्भर बनाउनमा लागी परेको उल्लेख गर्नु भयो । उहाले जेष्ठनागरिक सम्मान, खाद्यान्न बितरण, जेष्ठनागरिकलाई तीर्थधाम यात्रा लगायतका योजनाहरु ल्याएर जनताको सेवामा नै लागेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस वडा कार्य समिती सिद्धार्थनगर ५ रुपन्देहीका बुथ उप सभापति बिकास श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी डा. शम्भु कुमार गुप्ता, नेपाली कांग्रेसका पुर्व बुथ सभापति तथा क्षेत्रिय प्रतिनिधी टिकाराम भटटराई , समाजसेवी भरत बहादुर केसी ,नेपाली कांग्रेस नगर वडा समिती वडा नम्बर ५ का सभापति केशव प्रसाद गुप्ता लगायतले बोल्दै नेपाली कांग्रेसलाई वडा वडामा बलियो बनाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस वडा कार्य समिती सिद्धार्थनगर ५ का बुथ सचिव प्रेम नारायण गुप्ताले वडाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रम समेत संचालन गर्नु भएको थियो । सय दिने बिशेष अभियान तथा वडा भेला कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडासदस्य सरस्वती श्रेष्ठ, किरणदेवी सुनार, बिनित कुमार बेरिवाल, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधी, तथा प्रदेशसभा सदस्य दिपेन्द्रमान श्रेष्ठ, नेपाली कांग्रेस वडा कार्य समिती सिद्धार्थनगर ५ का बुथ सहसचिव प्रगति श्रेष्ठ,जागेश्वर तेली, बुथ कोषाध्यक्ष हरिश सेठिया, क्षेत्रिय प्रतिनिधी भरत केसी, बसन्ती पाण्डे लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : १३:४२:१४ , २ दिन अगाडि