रुपन्देही खबर , १३४ पटक हेरिएको
भैरहवा , पुस २१
सिर्जनशील साहित्यिक समाज ( सिसास) भैरहवा रूपन्देहीको २५२ औं नियमित मासिक साहित्यिक सङ्गम भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता,तथा संस्थाकी आजीवन सदस्य अग्रज साहित्यकार दुर्गा पौड्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू प्रा.डा कपिल लामिछाने, साहित्यकार काजी रोशन, अतिथिहरुमा कथाकार वनमाली निराकार, आख्यानकार विजय सागर श्रेष्ठ, साहित्यकार रुद्र ज्ञवाली रहनु भएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू तेज प्रसाद पन्त, नारायणप्रसाद भण्डारी,कमल पोखरेल ‘निश्छल’ र अन्य साहित्यकारहरू लक्ष्मी अधिकारी, देवी न्यौपाने धीर, तिलक लामिछाने,अनमोल शर्मा,राजेश कुमार चौधरी ‘जिज्ञासु’, सागर के.सी, कमला गौतम,मीना क्षेत्री बराल सिर्जना खनाल, नीमा डि.सी, मधुसूदन पोखरेल, विकासप्रसाद लोध ,राधा भट्टराई लगायतले आ-आफ्ना गीत,कविता, कथा,गजल, मुक्तक,हाइकू,आदि विविध विधाका रचनाहरू प्रस्तुत गर्नु भएको थियो ।
संस्थाकी कोषाध्यक्ष सिर्जना खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकी सह सचिव राधा भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा स्रष्टाहरूको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रम सहिद स्मृति पुस्तकालयको सभा हलमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : ०७:२५:०१ , २ दिन अगाडि