रुपन्देही खबर , १२८ पटक हेरिएको
बुटवल, पुस २०
रुपन्देहीको तिलोत्तमा ३ सिमानगरमा रहेको सगरमाथा आधारभुत बिद्यालयमा शुक्रबार आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको नवौं स्थापना दिवसका अवसरमा आयोजित आँखा शिविर कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा शिशु कक्षा देखी ५ सम्मका १७५ जना बालबालिकाको आँखा जाँच गरिएको क्लबका इलेक्ट प्रसीडेण्ट तथा कार्यक्रमका संयोजक उमा आचार्यले जानकारी दिनुभएको छ । शिविरमा रणअम्बिका आँखा अस्पतालका नेत्ररोग बिशेषज्ञ डाक्टर बिनिता भट्टराई र दृष्टि बिशेषज्ञ प्रतिक्षा भण्डारी र मन्जु न्यौपानेले बालबालिकाको आखाँ जाच गर्नुभएको हो ।
बिद्यालयमा जाँच गरेका बालबालिकाहरुमा आँखाको टेढोपन, आँखाको सुख्खाहुने , कतिलाई चस्माको प्रयोग गर्नुपर्ने लगायलको समस्या देखिएको बिशेषज्ञ भट्टराईले बताउनुभयो ।बालकालिकामा ठुलो समस्या केही नदेखिएपनि अभिभावकले उनीहरुको बारेमा बिशेष हेरचाह गर्नुपर्ने डाक्टर भट्टराईको सुझाव छ ।
खासगरि बालबालिकाहरुलाई टिभी मोवाईलबाट टाढै राख्ने, बच्चाको आँखा टेढो भएनभएको ख्याल गर्ने , निरन्तर आँसु आउनु , आँखा चिलाउने , आँखा रातो हुने, आँखाको सेतो भाग पहेलो हुदै जानु ,आखाँमा आलस्यता आउनु ,मोतीबिन्दु, जलबिन्दु जस्ता समस्याहरु देखिन सक्ने भएकाले समय समयमा चिकित्सकको सल्लाह लिन र जाँच गराउनुपर्ने डाक्टर भट्टराईको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले क्लबले बालबालिकाको संवेदनशिल अंग आँखाको चेकजाचका लागि कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद ब्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले आगामी दिनमा सामाजिक सेवामा समर्पित क्लबहरुसंग सहकार्य गर्ने बताउनुभयो। वडामा रहेको सामुदायिक बिद्यालयलाई आवश्यक पर्ने सामग्री र पठनपाठनका लागि वडाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
क्लबका जि एस आर एजाज आलमले क्लबले गर्ने हरेक गतिविधि उदाहरणिय रहेको बताउदै क्लब स्थापनाको चुनौति र अहिले क्लबले गरेका कामहरुको स्मरण गर्नुभयो। उहाँले सुरुवाती चरणमा बिद्यालयमा आएर गरिएको कार्यक्रम र अहिले बिद्यालयमा आएर गरिएको कार्यक्रममा भिन्नता रहेको बताउनुभयो ।् बिद्यालयको भौतिक संरचना र आवश्यक सबै सामग्री उपलब्ध हुनुमा पनि क्लबको योगदान रहेको बताउँदै क्लबले आगामी दिनमा पनि समाजको आवश्यकताका आधारमा कार्यक्रम निर्धारण गर्नुपर्ने बताउनुभयो ।
क्लबका संस्थापक अध्यक्ष देवि वाग्ललेले क्लबले स्थापना दिवसको अवसरमा निरन्तर बिद्यालयमा बिभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउदै आएको बताउनुभयो । पहिल्लो समयमा क्लबहरुको माध्यमबाट महिलाहरुको सामाजिक कार्यमा सक्रियता बढेकोमा खुशी ब्यक्त गर्दै क्लबले आगामी दिनमा उत्कृष्ट कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसिडेण्ट इलेक्ट पुरन ज्ञवालीले बुटवलमा रहेका रोटरी क्लबहरु मध्ये रोटरी तिनाउको छुट्टै पहिचान रहेको बताउँदै स्थापना दिवसमा आँखा शिविर कार्यक्रम आयोजना गरेर पुण्यको काम गरेको बताउनुभयो ।
बिद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले रोटरी तिनाउले बिद्यालयमा आएर गरेको सहयोगले बिद्यालयको चौतर्फी विकासमा सहयोग पुगेको बताउनुभयो । उहाँले शैक्षिक सामग्री, न्यानो कपडा, आँखा शिविर, स्वास्थ्य शिविर जस्ता महत्वपुर्ण कार्यक्रम बिद्यालय परिसरमै आएर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष रमिला शर्माले क्लब स्थापना दिवसमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य गरेर मनाउनुपर्ने बानीको विकास गर्नु जरुरी रहेकाले शिविरको आयोजना गरिएको बताउनुभयो । क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर बिभिन्न स्वास्थ्य शिविर, आँखा जाच, महिला स्वास्थ चेकजाँच, दन्त शिविर, किशोरी सशक्तिकरण,किशोरी उद्यमशिलता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । २०१७ स्थापना भएदेखि नै यही बिद्यालयमा स्थापना दिवस मनाउदै आएको बताउँदै चेकजाचका क्रममा आँखाको समस्या देखिएका बालबालिकाहरुलाई आँखा अस्पताल लगेर थप उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु कल्पना तिवारी, जमुना पौडेल, सेन्टल बुटवलका सचिव मिनराज भारद्धाज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रमिला शर्माको अध्यक्षता तथा कार्यक्रम संयोजक उमा आचार्यको स्वागत,नोमिनि माया भट्टराईको धन्यवाद र सचिव सपना कार्कीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२५-०१-०४ , समय : ०५:५७:४० , ३ दिन अगाडि