अस्मिता भुसाल , ४७७ पटक हेरिएको
बर्दघाट,असार २६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नंम्बर ४ त्रिवेणि चोकबाट १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा बर्दघाट प्रहरीद्वारा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसिको नेतृत्वमा खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नंम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा भन्सार छली गरि अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ के.जी. चिनी फेला परेकोले तत्काल ट्रक सहित नियन्त्रणमा लिईएको छ ।
बरामद भएको चिनीको मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेम बहादुर शाहिले जानकारी दिनु भएको छ ।
त्यस्तै सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख २०१५ नंम्बरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला पारेकोले कपडा बरामद गरी बसलाई गन्तव्य तर्फ पठाईएकाे बर्दघाट प्रहरीले जानकारी दिएको छ ।
बरामद भएको सामानलाई महेशपुर भन्सार कार्यालयमा पठाएको सुचना अधिकारी शाहिले बताउनु भयाे ।
प्रकाशित मिति: २०२२-०७-१० , समय : २२:५३:३३ , २ वर्ष अगाडि