सरावलमा श्रम स्वीकृति सेवाले युवाहरुलाई वैदेशिक रोजगारिमा सहज

रुपन्देही खबर , १८८  पटक हेरिएको

परासी,पुस १६

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एकबर्षमा ३ सय जनालाई श्रम स्वीकृति सेवा प्रदान गरिएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरुलाई गाउँपालिका कार्यालयबाटै एकबर्षमा ३ सय जनालाई श्रम स्वीकृति प्रदान गरिएको अभिमुखीकरण कार्यक्रमबाट तथ्याङ्कक सार्वजनिक गरिएको हो ।

श्रम स्वीकृती सम्बन्धि जनचेतना कार्यक्रम अन्तर्गत आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाबाट श्रम स्वीकृति, बैैदेशिक रोजगार बोर्डबाट प्रदान हुने कल्याणकारी सेवाहरू र वैदेशीक रोजगारी सम्बन्धित सेवाहरू यस गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट प्रदान हुदै आएको रोजगार शाखा प्रमुख नेत्र भण्डारीले जानकारी दिनु भएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा श्रम तथा रोजगार कार्यालय रूपन्देहीका शाखा अधिकृत केशवराज भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत केशवराज भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रमा यस सरावल गाउँपालिकाले गरेको कार्यको प्रशंसा गर्दै गाउँपालिकालाई थप सहयोग, सहजिकरण र सहकार्यका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु र गएर फर्किएका व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो । वैदेशिक रोजगारीमा गएर फर्किएका र जान चारवटा हानेहरुको गुनासो र सुझाब स्वरुप सहभागिहरुले स्थानिय तहबाट सहजिकरण भएको र थप सुविधा उपलब्धको अपेक्षा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२५-०१-०१ , समय : ००:३६:२३ , ३ महिना अगाडि

error: कोपि गर्न पाइदैन