रुपन्देही खबर , ६७ पटक हेरिएको
परासी, पुस १६
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ । सोमबार जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला शाखा बिच सहकार्य गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको सचिव अनिल यादवले बताउनुभएको छ ।
सो क्रममा बोल्दै महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारको पेशागत मर्यादा वृद्धि गर्दे क्षमता विकास गर्न केन्द्रित हुने बताउनुभएको छ । पत्रकारहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोगी बन्ने गरी महासंघले काम गर्ने उहाँको भनाई छ । सो क्रममा महासंघका जिल्ला अध्यक्ष केशव पराजुलीले प्रदेश नेतृत्वलाई नवलपरासीका ऐतिहासिक तथा महत्वपुर्ण स्थलहरुमा बैठक बसेर प्रर्वद्धनात्मक कार्यक्रमका लागी आह्वान गर्नुभयो ।
महासंघका निर्वतमान अध्यक्ष हरि शर्माले विगतका अधुरा काम पुरा गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । महासंघका जिल्ला उपाध्यक्ष बिकास अधिकारीले प्रदेश नेतृत्वलाई जिल्ला शाखालाई पनि सक्रिय बनाएर समेट्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका सबै जिल्लामा पुग्नेगरी भेटघाटको कार्यक्रम तय गरेको छ ।
प्रकाशित मिति: २०२४-१२-३१ , समय : १०:१९:१६ , ३ दिन अगाडि