बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको इत्तेहाद नेपाल अध्यक्ष खांको भनाइ

रुपन्देही खबर , २२५  पटक हेरिएको

एजेन्सी, आषाढ २६

राजस्थानको उदयपुर हत्या कांडलाई लिएर बरेलीको दरगाह आला हजरतले एक फरमान जारी गर्दै उदयपुर कांडको घोर निंदा गरेका छन् । सो फरमानमा इस्लामले कुनै व्यक्तिको घाटी काटने, व्यक्ति लाई मार्ने धमकी दिने, कसैको ज्यान लिने, अपराधिक कृयाकलाप गर्ने जस्तो कुरा इस्लाम धर्मले इजाजत नदिएको बताउनु भएको छ । उहाले यस्तो गर्ने व्यक्ति अपराधी हुने तथा यस्ता व्यक्ति लाई कानून अनुसार सजाय हुनुपर्ने बताएका छ्न ।

 

राजस्थानको उदयपुरमा भएको घटना लाई लिएर तंजीम उलमा ए इस्लामको बैठक बसी कन्हैयालाल को हत्यामा सामेल आरोपी अपराधी रहेको ठहर गरेको छ ।

 

फरमान जारी गर्दै तंजीमका राष्ट्रीय महासचिव मौलाना शहबुद्दीन रजवीले बयान जारी गर्दै भने मुस्लिमहरू अपराधिक गतिविधिमा संलग्न हुनु हुदैन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको साथ र समर्थन समेत गर्नु हुदैन तथा त्यस्ता अपराधी गतिविधि गर्ने व्यक्तिको जानकारी पाए तुरंत सम्बंधित निकायमा खबर गर्ने तथा आपराधिक घटना रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताउदै कोही कसैले कानुन हातमा लिन नहुने र सजाय दिने काम न्यायालयको हुने फरमानमा बताएका छन् ।

 

सोही फरमानलाई लिएर इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खांले राजस्थानको उदयपुर कांडलाई लिएर बरेली दरगाह आला हजरतले जारी गरेको फरमान प्रशंसनीय रहेको बताउदै व्यक्तिले हत्या गर्नु भनेको इस्लाम शरीयतको प्रकाशमा दोषी हुन्छ र उ सजायको हकदार हुन्छ अत: दोषीले सजाय पाउनुपर्ने बताएका छ्न । खां ले धार्मिक सहिष्णुता कायम राख्दै हामी अगाडि बढ्नु पर्ने आवश्यकता रहेको किफायतुल्लाह खांले बताएका छ्न ।

प्रकाशित मिति: २०२२-०७-१० , समय : २२:०४:०२ , २ वर्ष अगाडि