रुपन्देही खबर , ८७ पटक हेरिएको
भैरहवा ,पुस १४
रुपन्देहीको सिद्धार्थनगर नगरपालीका र गोर्खा नगरपालीका गोर्खाबिच अनुभव आदान प्रदान भएको छ । गोर्खा नगरपालीकाबाट आएको उपप्रमुख सहीतको टोलीलाई आईतवार सिद्धार्थनगरपालीकामा स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षिय हितका बिषयमा कुराकानी भएको हो । गोर्खाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा ५ सदस्यि टोली सिद्धार्थनगर पालिकामा आएको थियो ।
सो अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदा नगरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँ ले जानकारी दिनु भएको छ । उहाले दुवै नगरपालिकाको धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको छ ।
गोर्खा नगरपालिकाकी उप प्रमुख थोकरले दुवै नगरपालिकाले आ आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा यि दुई नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताउनु भएको छ । सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले सिद्धार्थनगरले हरेक नगरपालिकाले गरेका सकारात्मक कामको अनुसरण गरेर अगाडी बढ्ने बताउदै अनुभव आदान प्रदानले नै भौतिक, सामाजिक एवं मानविय बिकासका काम प्रभावकारी हुने बताउनु भएको छ ।
सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर लामो ईतिहास बोकेको नगरपालिका भएको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै बिषयहरु रहेको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-२९ , समय : ११:४२:२२ , ३ दिन अगाडि