श्री दर्शन बहुउदेश्यीय सहकारी संस्था सिद्धार्थनगरको २८औं वार्षिक साधारण सभा

उर्मिला यादव यात्री , १२९  पटक हेरिएको

भैरहवा, पुस १४

श्री दर्शन बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सिद्धार्थनगर १२ रुपन्देहीले शनिवार भैरहवामा आफनो २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सीताराम उप्रेतीको अध्यक्षता र सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख इश्तियाक अहमद खां को प्रमुख आतिथ्यतामा २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाको उदघाटन गर्दै नगर प्रमुख खां ले सहकारीले समाजका नागरिकहरुलाई बचत गर्न सिकाउनु मात्र नभइ यसले आफना शेयर सदस्य लगायतको आर्थिक, सामाजिक क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान पुरयाएको बताउनु भएको छ । उहाले केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै खां ले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न स्थानिय सरकार लगायत राष्ट्रिय सहकारी महासंघले सहजिकरण गरिरहेको समेत बतायउनु भएको छ । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत उहाले बताउनु भयो ।

यस्तै गरी संस्थाका अध्यक्ष सीताराम उप्रेतीले सहकारी ऋण सजिलो ऋण भन्ने मान्यतालाई सत्य साबित गर्दै बैंक तथा अन्य बित्तिय संस्थाको ऋण लगानी भन्दा सदस्यहरुमा लगानी सहज बनाएको बताउनु भएको छ । उहाले सहकारीको बिधि बिधान तथा नियम संगत गर्दै घर जग्गाको रुपमा सुरक्षण लिई ठुलो रकम समेत लगानी गरेको जानकारी दिनु भएको छ । अध्यक्ष उप्रेतीले एक सदस्यमा बढीमा २५ लाख मात्र ऋण प्रवाह गरेको बताउदै सामुहिक जमानीमा ऋण लगानी गरेको जसमा सदस्यहरुको निक्षेपलाई मुल्याकंन गर्ने र ९० प्रतिशत मात्र लगानी गरेको बताउनु भएको छ ।

कार्यक्रममा संस्थाका कानुनी लोकनाथ पन्थको स्वागत मन्तब्य रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबधक प्रकाश पन्थी, किसान सहकारी संघका ब्यवस्थापक कृष्ण प्रसाद न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने लेखा प्रतिवेदन लेखा संंयोजक पिताम्बर न्यौपाने, कर्जाको प्रतिबेदन कर्जा संयोजक चुरामणी पन्तले प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रम संचालन संस्थाका सलाहकार रामचन्द्र उपाध्यायले गर्नु भएको थियो ।

सहकारीको वित्तीय अवस्था
आर्थिक वर्ष २०८० र ०८१ सम्म एक हजार ६ सय २८ जना रहेका छन । जसमा महिला ५ सय ४७ र पुरुष १ हजार ८१ रहेका छन । संस्थाको सेयर पुँजी ८ करोड ३ लाख ७३ हजार ५ सय रुपैयाँ छ । बचततर्फ २५ करोड २५ लाख ५७ हजार ६२२ रुपैयाँ, कर्जा लगानी ३३ करोड १५ लाख १५ हजार ६२ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कुल शेयर लगानी ५ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

उत्कृष्ट कर्मचारी सम्मानित

संस्थाले कर्मचारीहरुलाई प्रोत्साहनका लागि विभिन्न विषयगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानित गर्दै आएको छ । यस वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्झना रेग्मी, राधिका क्षेत्री लगायत बजार शाखामा कार्यरत ८ जना कर्मचारीलाई सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका कुशल ब्यवस्थापक सन्जु थापा,यस संस्थाका सदस्यराजकुमार पोखरेल, टेकराज हिताङ, पुरन श्रेष्ठ , डा. राम प्रसाद बस्याल, रिया रक्षा फुडस प्रा.लिका मदन पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-२९ , समय : १०:४९:५० , ३ दिन अगाडि