उर्मिला यादव यात्री , ३१९ पटक हेरिएको
भैरहवा, पुस १४
मोवाइल ब्यवसायी संगठन रुपन्देहीको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोवाइल ब्यवसायी संगठन रुपन्देहीको अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खां को प्रमुख आतिथ्यतामा सियारी१ चिल्हियामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख खां ले मोवाइल ब्यवसायीहरुले यस सम्बन्धी तालिम प्रदान गरी युवायुवतीमा रोजगारीको सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उहाले मोवाइल ब्यवसायीहरु एकजुट भएर काम गर्नुपर्ने र मुल्यसुचीमा समेत एकरुपता ल्याउन आग्रह गर्नु भएको छ । उहाले मोबाइलमा धेरै ज्ञानबद्र्धक कुराहरु भएकोले यसको सदुपयोग गर्न अनुरोध गर्दै नगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै मोवाइल ब्यवसायी संगठन रुपन्देहीको अध्यक्ष बैजनाथ गुप्ताले जिल्लामा छरिएर रहेका मोवाइल ब्यवसायीहरुलाई संगठित गर्ने र तिनको हकहितको लागी बिभिन्न निकायमा पहल गर्ने उदेश्यका साथ संगठनको स्थापना गरेको बताउनु भएको छ । उहाले आगामी दिनमा जिल्लाभरिका ब्यवसायीहरुलाई संगठनमा आबद्ध गर्ने बताउनु भएको छ ।
उहाले युवा युवतीहरुलाई रोजगारको बाटो सहज हुने गरी स्थानिय सरकारसंग समन्वय गरी मोवाइल मर्मत सम्बन्धी तालिमको ब्यवस्था मिलाउने बताउनु भएको छ । अध्यक्ष गुप्ताले जिल्लामा चोरी, आगलागी, आपत बाट क्षतिग्रस्त भएको पसललाई बिपत ब्यवस्थापन समिती निमार्ण गरी संगठन द्धारा सहयोगको ब्यवस्था मिलाउने समेत बताउनु भएको छ । उहाले स्थानिय बजारलाई प्रवद्र्धन गर्नका लागी स्थानिय बजारमा खरिदबिक्री गर्न जनचेतना मुलक अभियान संचालन गर्ने समेत जानकारी दिनु भएको छ ।
यस्तै गरी संगठनका कोषाध्यक्ष श्याम प्रकाश गुप्ताले आर्थिक बर्ष २०८०र८१ बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यता शुल्कबाट ९० हजार , उपहार कार्यक्रमको सहयोगबाट ४ लाख ३१ हजार, पहिलो अधिवेशन निर्वाचन सदस्यताबाट ४० हजार ५ सय गरी कुल आय ५ लाख , ६१ ह्जार ५सय रुपैया रहेको जानकारी दिनु भएको छ । भने कुल खर्च तीन लाख ५१ ह्जार ९ सय ४० र संगठनको कुल बचत रकम २ लाख ९ हजार ५ सय ६० रुपैया रहेको जानकारी दिनु भएको छ । उहाले आर्थिक बर्ष २०८१र८२ को आम्दानीका योजनाहरुको बारेमा जानकारी गराउदै संगठनको साधारण सदस्य संख्या बुद्धि गर्ने बताउनु भएको छ । उहाले स्थानिय पालिका संग समन्वय गरी रातो पुस्तकमा बेरोजगार बसेका युवायुवतीहरुलाई मोवाइल सम्बन्धी तालिम प्रदान गरी संगठनको आय आर्जनसंग जोडने जोड दिनु भएको छ ।
यस्तै गरी संगठनका महासचिव राजकुमार गुप्तले संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत बर्षमा संगठनले मोवाइल ब्यवसायीसंग सम्बन्धित बिभिन्न समस्या समाधान गर्न ठोस कदम चालेको बताउनु भएको छ । उहाले ब्यवसाय प्रवद्र्धनका लागी स्थानिय स्तरमा बिभिन्न गतिबिधीहरु संचालन गर्नुका साथै बिपदमा परेका ब्यवसायीहरुका लागी आगलागी राहत कोष खडा गरी राहत बितरण गरेको जानकारी दिनु भएको छ ।
उहाले संगठनका सदस्यहरुको हकहितका लागी कानुनी तथा प्राबिधिक सहयोगको ब्यवस्था गर्ने समेत बताउनु भएको छ । यस्तै गरी स्थानिय स्तरमा मोवाइल ब्यवसायको प्रवद्र्धनका लागी जागरुकता अभियान संचालन गर्नुका साथै संगठनको सदस्यता संख्या बृद्धि गर्दै लैजाने समेत जानकारी दिनु भएको छ ।
कार्यक्रममा उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले शनिवार बन्द हुदै आएको ब्यवसाय खोल्न आग्रह गर्नु भएको छ । स्थानिय बजार पलायन हुने अवस्थामा रहेकोले स्थानिय ग्राहकहरुलाई शनिवार पनि सेवा दिन सके स्थानिय बजारलाई प्रवद्र्धन गर्न सकिने जोड दिनु भयो । उहाले मोवाइल ब्यवसायीहरुले काम गरिरहदा कानुनी प्रक्रियाहरु बारे पनि जानकारी राखी काम गर्न आग्रह गर्नु भएको छ । उहाले युवाहरुलाई मोवाइल सम्बन्धी तालिमहरु प्रदान गरी स्थानिय तहमा नै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
संगठनका उपाध्यक्ष हरि बहादुर पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, संगठनका कानुनी सल्लाहकार प्रख्यात बन्जाडे, नेपाल मोवाइल ब्यवसायी महासंघका केन्द्रिय सदस्य बिष्णु ज्ञवाली, संगठनका बरिष्ठ सल्लाहकार दिप चन्द्र त्रिपाठी, नेपाल उद्योग ब्यापार महासंघका सचिवालय सदस्य मनिष कुमार जोसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संगठनका महासचिव राजकुमार गुप्तले गर्नु भएको थियो ।
कार्यक्रममा मोवाइल ब्यवसायी संगठन रुपन्देहीका बरिष्ठ सल्लाहकार तथा संस्थापक गिरिष चन्द्र त्रिपाठी, नेपाल मोवाइल ब्यवसायी महासंघका केन्द्रिय सदस्य तथा बुटवल मोवाइल संघका संस्थापक पुर्व अध्यक्ष बिष्णु ज्ञवाली, नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष मधु पन्थी, नेपाल मोवाइल ब्यवसायी महासंघको प्रदेश सचिव बिकास गौतम, मोवाइल ब्यवसायी संगठन लुम्बिनी प्रदेश सदस्य हरि सेठिया , ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष राममिलन यादव, सिद्धार्थ होटल संघका उपाध्यक्ष भोजेन्द्र खत्री, लगायत भैरहवाका मोवाइल ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-२९ , समय : ०४:५९:५३ , ३ दिन अगाडि