इलाका प्रहरी कार्यालय गणेशपुरद्वारा नागरिक सुनवाई कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ८५  पटक हेरिएको

कपिलवस्तु, पुस १३

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नंम्बर ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरले नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। 

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद, नेपाली कांग्रेस विजयनगर कमिटी अध्यक्ष मो. रफिक रहनु भएको थियो ।

कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८१/८२ मा २३ वटा मुद्दा दर्ता भएको ९ मुद्दा फर्छौट गरि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ९० वटा ठाडो निवेदन परेको जस्मा ७५ वटा किनारा लागि सकेको तथा १५ वटा अझै बाकी रहेको, ३० जना फरार प्रतिवादी सम्बंधित निकायमा आवश्यक कार्यवाहीका लागि पठाईएको २० जनाको अझै खोज तलास भइरहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको  जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले अझ सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन सुझाव संकलन गरिएको थियो। 

कार्यक्रमा बोल्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने कुरामा जोड दिदै आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै मोहम्द रफिकले प्रहरीको सेवाबाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा नागरिक बाट आएका जिज्ञासा लाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने कुरामा जोड दिनु भएको छ । कार्यक्रममा स्थानीय, पत्रकार, प्रहरी, समाजसेवी, राजनीतिक व्यक्ति, शिक्षाप्रेमी, किसान लगायत अन्यको सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरका सहायक प्रहरी निरिक्षक  जुक्ती घर्ती मगरले कार्यक्रम संचालन गर्नुभएको छ ।

प्रकाशित मिति: २०२४-१२-२८ , समय : १८:०२:३३ , १८ घन्टा अगाडि