लागूऔषधविरुद्ध विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सिद्धार्थनगरमा सुरु

रुपन्देही खबर , १६९  पटक हेरिएको

भैरहवा,पुस १२

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लागूऔषध विरुद्ध विद्यार्थी हरुलाई अभिमुखीकरण सुरु गरेको छ । नगरमा रहेका सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि बिहीबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो । वडा नम्बर १ स्थित श्री बेलहिया माध्यमिक विद्यालयबाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँ ले कक्षा ९ र १० मा अध्ययन गर्दा विद्यार्थीहरु बहकाउमा परेर लागूऔषध दुव्र्यसनमा पर्न सक्ने भएकाले सोको रोकथामका लागि अभियान सुरु गरिएको बताउनु भएको छ । उहाले विद्यार्थीहरुको अनुशासन महत्वपूर्ण गहना भएको उल्लेख गर्दै भविष्यमा सबल, सक्षम एवं सफल व्यक्ति बन्न लागूऔषध सेवनबाट टाढै रहनुपर्ने बताउनु भएको छ ।

नगर उपप्रमुख एवमं कार्यक्रमकी अध्यक्ष उमा अधिकारीले यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले कतिपय अवस्थामा साथीसँग, सामाजिक सञ्जालको प्रयोगबाट समेत लागूऔषध दुव्र्यसनमा पर्न सकिने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्ययनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रम आगामी पुस १७ गतेसम्म सञ्चालन हुने र बेलहिया मा.वि.सहित, भानु मा.वि, भैरहवा नमुना मा.वि, रुपन्देही लिलाराम न्यौपाने मावि र महात्मा बुद्ध माविमा सञ्चालन हुने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिनु भएको छ । महिला विकास शाखा प्रमुख कौश्या चौधरीको सञ्चालन तथा शिक्षा अधिकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैरेले प्रशिक्षण दिनु भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-२७ , समय : ०९:३९:१३ , ४ महिना अगाडि

error: कोपि गर्न पाइदैन