रुपन्देही खबर , २९६ पटक हेरिएको
रूपन्देही, पुस ११
रुपन्देहीमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका ३ सरौली बस्ने २५ वर्षिय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२६ , समय : १८:२३:१८ , १५ घन्टा अगाडि