कंचनबाट एक लाख ३६ हजार मुल्य पर्ने अबैध सालको काठ नियन्त्रण

रुपन्देही खबर , ९०  पटक हेरिएको

भैरहवा, पुस १०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध सालको काठ नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डी र प्रहरी चौकी व्यहोरी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चन गाउँपालिका वडा नंम्बर १ एकतानगरबाट एक लाख ३६ हजार मुल्य पर्ने १३ थान गोलिया ५४.४३ क्युफिट साल जातको काठ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको काठ आवश्यक कारवाहीको लागी सब डिभिजन बन कार्यालय कञ्चन फायरलाईन रूपन्देहीमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१२-२५ , समय : ०९:४८:४५ , २ दिन अगाडि