रुपन्देही खबर , २१८ पटक हेरिएको
भैरहवा, पुस ९
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल भैरहवा बहुमुखी क्याम्पस इकाई कार्य समिती पुनर्गठन गरिएको छ । यस कुमार यादवको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस इकाई कार्य समिती पुनर्गठन गरिएको हो । जसको उपाध्यक्षमा अनामिका कान्दु, श्याम बहादुर चौधरी, अन्जली मल्लाह, सचिवमा बिकास जैसवाल, सहसचिवमा सुस्मा थारु, कोषाध्यक्षमा कृषा पाण्डे, सह कोषाध्यक्षमा रामराज लोध रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा निशा बनिया, मनिषा यादव, श्याम सुन्दर यादव, दिनेश यादव, रोशन कुर्मी, बिनय गुप्ता, सुरेन्द्र यादव, बिन्जना कुर्मी, कृष्ण किशोर त्रिपाठी, नेहा कोहार अर्चना चौधरी, रामचन्द्र यादव, मोहन महतो, बलिराम बड्ई, रिशी कुमार यादव, अजय कुमार हरिजन, सनी राज भर लगायत रहनु भएको छ ।
पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको अध्यक्ष बिरेन्द्र कुमर यादवको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपालको रुपन्देही जिल्ला अध्यक्ष सियराम यादवको प्रमुख आतिथ्यतामा क्याम्पस इकाई कार्य समिती पुनर्गठन गरिएको छ । कार्यक्रममा समाजवादी विद्यार्थी युनियनको केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव, समाजवादी युवा संघको लुम्बिनी प्रदेश अध्यक्ष बिकाश यादव, समाजवादी किसान महासंघ लुम्बिनी प्रदेश मुख्य सचीव जावेद आलम , जसपा नेपाल रुपन्देही उपाध्यक्ष नवल किशोर सिंह, कलमुदिन खान , जसपा नेपाल प्रदेश कर्यकारणी सद्स्य गौतम यादव, जसपा नेपाल सिद्धर्थ नगर पालिक उपाध्यक्ष मनोज प्रजापती, समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला उपाध्यक्ष अनुसार रहमान खान, बिनय यादव शशी प्रभा पाण्डे,आशिष साहनी, दिपक पाण्डे लगायतको सहभागिता रहेको समाजवादी विद्यार्थी युनियन नेपालको जिल्ला सचीव कौसलेन्द्र कुमार मिश्राले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-२४ , समय : १८:३८:४२ , २ हप्ता अगाडि