राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अजहा (बकर ईद) को शुभकामना व्यक्त

रुपन्देही खबर , ३७४  पटक हेरिएको

कृष्णनगर, आषाढ २६

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आज मनाइदै छ । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र महासचिव मौलाना मसहूद खां नेपाली लगायतले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

 

यो पर्व हजरते इब्राहिम अलैहिस्सलामको सम्झनामा मनाइने गरिन्छ। हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्वका विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको र साउदी सरकारले गरेको ब्यवस्था प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले बताउनुभएको छ ।

प्रकाशित मिति: २०२२-०७-१० , समय : ११:१६:३६ , २ वर्ष अगाडि