रञ्जन भण्डारी , ३६ पटक हेरिएको
महोत्तरी, पौष ७
जलेश्वर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न मतदानमा शिवचन्द्र चौधरी प्यानल विजयी भएको छ । ८६५ सदस्य रहेको संघमा शनिवार ७९९ मतदाताले मतदान गरेकोमा सोहि राती देखि मतगणना सुरु भएकोमा आईतवार साझ आएको अन्तिम नतिजा अनुसार चौधरी ४१९ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्वन्दी संतोष कुमार साहले ३५८ मत प्राप्त गर्नु भएको थियो भने चौधरीले भन्दा ६१ मत बढी ल्याई विजयी हुनु भएको हो ।
यता प्रथम उपाध्यक्षमा राम एकवाल साहले ४५६ मत ल्याई चौधरीकै प्यानलबाट जित हात पार्नु भएको छ । उहका निकटतम प्रतिद्वन्दी अजित कुमार चौधरीले २९८ मत प्राप्त गर्नु भएको छ
। त्यस्तै महासचिवमा राजकुमार पुर्वे(राजु)ले ३२१ मत प्राप्त गरि नयाँ कार्यकाल चलाउने अवसर पाउनु भएको छ । महासचिव पदमै स्वतन्त्र उम्मेदवार राकेश कुमार साहले २३२ मत प्राप्त गर्नु भएको छ । भने अर्का प्रतिद्वन्दी छेदी चौधरीले १८५ मत प्राप्त गर्नु भएको थियो। यता कोषाध्यक्षमा भने संतोष साह प्यानलका नारायण कुमार गुप्ता विजय हुनु भएको छ । उहाले ४११ मत प्राप्त गर्नु भएको छ भने उहाको निकटतम प्रतिद्वन्दी शिवचन्द्र चौधरी प्यानलका रंजित कुमार चौधरीले ३३३ मत प्राप्त गर्नु भएको छ । यता सचिवमा चन्दन कुमार साह(गोनु महाजन)ले ३८५ मत ल्याई विजयी हुने मौका पाउनु भएको छ। उहाका निकटतम प्रतिद्वन्दी चन्दन कुमार साह(शिवजी लज) ले ३५७ मत पाउनु भएको थियो ।
त्यस्तै सदस्यहरुमा संजय कुमार गुप्ता(संजु) ४२३ मत,अनिल कुमार साह सोनार ३९६ मत,रमन कुमार चौधरी ४५७ मत,मुकेश कुमार साह ३७६ मत,मनिभुषण ठाकुर ३७५ मत,ओम प्रकास साह ३१८ मत,रोशन महासेठ ३९६ मत,रुपेश कुमार साह ३३९ मत र सरोज कुमार साह ३२८ मत ल्याई विजयी हुनु भएको छ भने महिला सदस्यमा कमला देवी कोईराला ३३३ मत ल्याई विजयी हुनु भएको छ ।
विजयी जुलुस निकालियो :
यता निर्वाचित अध्यक्ष सहितको पदाधिकारीहरुको विजयी जुलुसले नगरपरिक्रमा गरेको छ । निर्वाचित पदाधिकारीहरु समर्थकहरुसंगै जलेश्वरनाथ महादेवको दर्शन गरि मतदाता तथा नगरवासीहरुलाई धन्यवाद ज्ञापनगर्न विजय जुलुसमा सहभागी भएका हुन । जलेश्वरको व्यापार व्यवसायलाई प्रगतीपथमा अगाडी बढाउन आफ्नो नेतृत्वमा रहेको टिम पछि नपर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-२२ , समय : २१:४०:४८ , ६ घन्टा अगाडि