रुपन्देही खबर , ६१ पटक हेरिएको
बुटवल, पुस ७
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । शनिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व लहोसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको ल्होसार मनाइदै छ ।
ल्होसारका अवसरमा पुस ११ गते बिहान ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिने छ भने सहसचिव तेजप्रसाद गुरुङलाई दिइएको छ । त्यसैगरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरि दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति ¥याली निकालिने छ । उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुने छ । सांस्कृतिक इकाई स्तरको २५ वर्षमुनिको नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सहकोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ । पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापुर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताउनु भएको छ । त्यस्तै जिल्ला अध्यक्ष विमला गुरुङ र सचिव आशा गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-१२-२२ , समय : ०९:५७:५२ , ७ घन्टा अगाडि