उर्मिला यादव यात्री , ७२ पटक हेरिएको
भैरहवा, पुस ६
जनता समाजवादी पार्टी नेपाल सिद्धार्थनगर ६ को आयोजनामा आज भैरहवामा प्रथम वडाकप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । जसपा सिद्धार्थनगर ६ का वडाध्यक्ष इमरान अली धुनियाको अध्यक्षता तथा जसपा रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवकोे प्रमुख आतिथ्यतामा भैरहवामा आज प्रथम वडाकप क्रिकेट प्रतियोगिता सुरु भएको हो । क्रिकेट प्रतियोगिताको उदघाटन गर्नुहुदै प्रमुख अतिथी जसपा जिल्ला अध्यक्ष यादवले भैरहवाका युवाहरुको आग्रहमा नै आफनो लगानीमा क्रिकेट प्रतियोगिता आयोजना गरेको बताउनु भएको छ । उहाले स्वास्थ्यको मुख्य मेरुदण्ड नै खेलकुद भएकोले युवाहरुको पहुँच ग्रामीणस्तरसम्म पु¥याउने आफनो उदेश्य रहेको बताउनु भयो ।
उहाले खेलकुदलाई शिक्षा जत्तिकै महत्वपूर्ण राखिनुपर्ने पर्छ भन्ने सोच भएकोले ग्रामीणस्तरको खेलकुदलाई माथि उठाउन लागि परेको बताउनु भयो । उहाले भैरहवामा क्रिकेटको भविष्य उज्जवल भएको बताउँदै खेलाडीहरुलाई खेलजगत मार्फत देशको नाम चिनाउन आग्रह समेत गर्नु भएको छ । उहाले ठूलो प्रतियोगितामा खेल्ने खेलाडीहरु प्रतियोगिताबाट नै निस्किने हुँदा यसलाइ सदुपयोग गर्दै अगाडीको खेलहरुमा भाग लिन सहभागीहरुलाई अनुरोध गर्नु भएको छ ।
यस्तै गरी जसपा सिद्धार्थनगर ६ का वडाध्यक्ष इमरान अली धुनियाले क्रिकेट प्रतियोगिता गर्नुको मुख्य उदेश्य नै युवाहरुलाई क्रिकेट प्रतिको रुचि बढाउनु मात्र नभइ दक्ष क्रिकेट खेलाडी उत्पादन गर्नु रहेको बताउनु भएको छ । प्रतियोगितामा ४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १० हजार, द्धितिय हुने टिमलाई ५ हजार,म्यान अफ द सिरीजलाई १५००, बेस्ट ब्याटमेनलाई एक हजार, र बेस्ट बलरलाई नगद एक हजार सहित ट्रफी, प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२१ , समय : १३:२६:२९ , ९ घन्टा अगाडि