उर्मिला यादव यात्री , १३३ पटक हेरिएको
भैरहवा, पुस ६
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को कार्यालय रुपन्देहीको आयोजनामा आज दोस्रो वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खाँ को प्रमुख आतिथ्यतामा भैरहवाको सिद्धार्थ रंगशालामा आज दोस्रो वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख खां ले भैरहवा क्रिकेटको उर्वरभूमि रहेको बताउनु भएको छ । उहाले ठूलो प्रतियोगितामा खेल्ने खेलाडीहरु वडाबाट नै निस्किने हुँदा यसलाइ सदुपयोग गर्दै अगाडीको खेलहरुमा भाग लिन आग्रह समेत गर्नु भएको छ ।
यस्तै गरी वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथ दोस्रो वडा कप टेनिस बल क्रिकेट प्रतियोगिता–२०८१ सुरु गरिएको बताउनु भएको छ । उहाले स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुदको पहुँच ग्रामीणस्तरसम्म पु¥याउन आफू लागि परेको बताउनु भएको छ ।
उहाले खेलकुदलाई शिक्षा जत्तिकै महत्वपूर्ण राखिनुपर्ने पर्छ भन्ने सोच नगरपालिकाको भएको भन्दै वडास्तरबाट ग्रामीणस्तरको खेलकुदलाई माथि उठाउन लागि परेको बताउनु भयो । उहाले वडा कप टेनिसबल क्रिकेट प्रतियोगिता मार्फत स्थानीयस्तरमा खेलकुदको पहुँच सबैमा पुग्ने भएकाले यसलाई अझ फराकिलो बनाएर लैजाने सोचमा सिद्धार्थनगर नगरपालिका लगायत सम्पुर्ण वडा लागी परेको बताउनु भएको छ । वडाध्यक्ष श्रीवास्तवले भैरहवामा क्रिकेटको भविष्य उज्जवल भएको बताउँदै खेलाडीहरुलाई खेलजगत मार्फत देशको नाम चिनाउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोख्रेल, ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्याय, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोला, वडा नम्बर १० वडाध्यक्ष सुर्यमान यादव, ११ का वडाध्यक्ष दिलिप कुमार यादव, वडा नम्बर ४ का वडासदस्य हरि बहादुर केसी, समाजसेवी श्रीराम गुप्ता , सिनपा वडा नम्बर २ का वडासदस्यहरु कंचन थापा , दिपेश प्रताप शाही, बिन्दु हरिजन, लगायत सरोकारवाला निकाय, तथा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन वडा नम्बर २ का वडा सचिव हिरा बरालले गर्नु भएको थियो । दोस्रो वडा कप टेनिसबल क्रिकेट प्रतियोगितामा मेउडिहवा सुपर किङस , झण्डिबजार किङस, नव युवा क्लब, रोयल फुलपुर , मेउडिहवा द राइजिङ स्टार बिच प्रतिस्पर्धा भैरहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, द्धितीय हुनेलाई २० हजार नगद मेडल तथा प्रमाण पत्र र उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२१ , समय : १२:११:३८ , १ हप्ता अगाडि