रुपन्देही खबर , १३६ पटक हेरिएको
भैरहवा, मंसिर ३०
रुपन्देहीको रोहिणी गाउँपालिकाले कालोपत्रे सडक निर्माण कार्यका लागि वडा नम्बर ४ कोटहवामा सडकका किनारमा रहेका घर टहरा हटाउन आग्रह गरेको छ ।
आर्थिक वर्ष २०८१र०८२ अन्तर्गत कोटहवा गाउँको मुल सडक ३५ फिट कालोपत्रे निर्माण कार्यका लागि अवरोध गर्ने घर, टहरा हटाउन शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले निर्देशन दिनु भएको छ । यही मंसिर २८ गते बसेको पालिका बासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्णंय भएअनुसार ७ दिनभित्र सडक वरिपरि घर टहरा खाली गरी बाटो निर्माण कार्यमा सहयोग गर्न÷गराउन अध्यक्ष यादवले आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : ०९:०५:५८ , ३ दिन अगाडि