बालबिवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक अभिमुखीकरण ओडवलियामा सम्पन्न

उर्मिला यादव यात्री , १०६  पटक हेरिएको

भैरहवा, मंसिर २८

रुपन्देहीको मर्चवारी गाउपालिका वडा नम्बर ४ ओडवलियामा बालबिवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


मर्चवारी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष आशा सिंहको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ ।उहाले मधेसी समुदायमा अझै पनि छोराछोरी बिच विभेद रहेको भन्दै छोराछोरीलाई समान ब्यवहार गर्न आग्रह गर्नु भएको छ ।

उपाध्यक्ष सिंहले छोरीले अवसर पाए समाजमा उदाहरणीय कार्य गर्न सक्ने बताउदै छोराछोरीलाई शिक्षा र रोजगारी संग जोडन आग्रह गर्नु भएको छ । उहाले अझै पनि समाजमा महिलाहरु हिंसा सहन बाध्य भएकोले महिलाहरु आत्मनिर्भर हुन सके मात्र लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिने बताउनु भएको छ । उहाले महिलाहरुको क्षमता बिकासका लागि गाउपालिकाले विभिन्न किसिमका योजनाहरु ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरि मर्चवारी वडा नम्बर ४ का वडाध्यक्ष ओमप्रकाश चौधरीले समाजमा सबै भब्दा बढी महिलाहरु नै हिंसामा पर्ने हुदा महिलाहरु आत्मनिर्भर हुनु पर्ने बताउनु भएको छ । उहाले महिलाहरुलाई सीप प्रदान गरि वडाले आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउनु भएको छ । तालिममा सहभागीमहिलाहरु धनावती हरिजन, लक्ष्मी चौधरी , सरोजा चौधरी लगायतले बोल्दै तालिमबाट धेरै कुरा सिक्न पाएको बताएका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुले अब देखि बालबिवाह नगर्ने प्रतिबद्धता गरेका गरेका उनिहरुले बालबिवाहले शारीरिक , मानसिक , सामाजिक , सान्स्कृतिक रुपमा विभिन्न किसिमका समस्याहरु झेल्नु परेकोले अब देखि बालबिवाह नगर्ने प्रतिबद्धता गरेका हुन । उनीहरुले लैङ्गिक हिंसा नगर्ने र नसहने समेत बताएका छ्न । सहभागीहरुले लैङ्गिक हिंसालाई चिर्दै महिलालाई अगाडि बढाउन आग्रह समेत गरेका छ्न । अभिमुखीकरण कार्यक्रमको सहजीकरण समाजसेवी सरस्वती आचार्य , माधव सापकोटा र उर्मिला यादवले गर्नु भएको थियो ।

सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा मर्चवारी गाउपालिका वडा नम्बर ४ ओडवलियाको आयोजना तथा पिपुल्स केयर कन्सल्टेन्सी रुपन्देहीको सहयोगमा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५६ जना महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-१३ , समय : ०८:४७:३४ , ५ दिन अगाडि