रुपन्देही खबर , १०५ पटक हेरिएको
मर्चवार,मंसिर २५
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रुपन्देहीको कोटहीमाई गाउपालिकाले लैंगिक हिंसा विरुद्धको रैली कार्यक्रम सम्पन्न गरेको छ । कोटहीमाई गाउपालिका उपाध्यक्ष सुशिला यादवको अध्यक्षता तथा ज्ञानु पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कोटहीमाई गाउपालिकाले आयोजना गरेको रयालीमा नमुना एकीकृत बिकास परिषद , महिला सेल रुपन्देही ,सेतो गुरास ,देश व्यापी महिलावादी अनुपम अभियान लगायतका बिभिन्न संघ संस्थाहरुको सहभागितामा लैंगिक हिंसा विरुद्धको रैली कार्यक्रम सम्पन्न भएको हो ।
रैली कार्यक्रममा महिला हिंसा अन्त्य गरौं,लैंगिङ्क हिसा मुक्त समाज निर्माण गरौं, छोराछोरी समान हुन भन्ने प्ले कार्डसहित नारा लगाउदै महिला, युवा युवती, प्रहरी ,शसस्त्र स्थानिय , सरोकारवाला निकाय लगायतको सहभागितामा रहेको थियो भने कार्यक्रम संचालन अजय सिंहले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-१२-११ , समय : ००:०६:३९ , १ हप्ता अगाडि