सियारीमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उर्मिला यादव यात्री , १७८  पटक हेरिएको

भैरहवा , मंसिर २५

सामुदायिक उत्थानशिल कार्यक्रम तेस्रो चरण अन्तर्गत पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता रुपन्देहीको सियारीमा सम्पन्न भएको छ । सिडियम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मीको अध्यक्षता तथा सियारी गाउपालिका उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।


वक्तृत्वकला प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी थारुले प्रतियोगिता भनेको जित र हारको खेल भएको बताउदै प्रतियोगिता  बाट  धेरै कुरा सिक्न सक्ने बताउनु भएको छ । उहाले बिद्यार्थीहरुमा धेरै नै प्रतिभा र खुबी रहेको बताउदै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ । उहाले जलवायु परिर्वतनले बिभिन्न किसिमका समस्याहरु समेत उत्पन्न भएकोले बातावरणीय संरक्षणमा लाग्न आग्रह समेत गर्नु भएको छ । उहाले स्वच्छ बातावरणले नै मानवीय स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकोले बृक्षारोपण गरी बातावरणको संरक्षण गर्नुपर्ने बताउनु भएको छ । उहाले समाजमा भैरहेको प्रदुषण रोक्नका लागी प्रत्येक नागरीकले आफनो दायित्व निर्वाह गर्नुपर्ने बताउनु भएको छ । उहाले समुदायमा भएका ताल तलैया, नदी , इनार लगायतको सरसफाई गरी संरक्षण गरे मात्र भोलिको दिनमा आउने बिभिन्न संकटहरुबाट बच्न सकिने उल्लेख गर्नु भयो ।


यस्तै गरी प्रतियोगितामा सिडियम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले बोल्दै जलवायुले धेरै असर पारेको बताउदै यस बिषयमा स्थानिय बिषयबस्तुहरु उठान गर्नुपर्ने बताउनु भएको छ । उहाले आगामी दिनमा पनि बिद्यार्थीहरुको क्षमता बिकासका लागी यस्तै बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताउनु भएको छ ।

जलवायु परिर्वतन शिर्षकमा भएको प्रतियोगितामा दुर्गा शैक्षिक गृह सियारी ६ को प्रिन्सु पौडेल प्रथम , संस्कार इंगलिस बोडिङग स्कुल सियारी ४ को संचिता बस्याल द्धितिय, सरस्वती ज्ञान निकेतन सियारी ५ को अस्मिता थापा तृतीय र सिद्धार्थ मा.बि.सियारी ६ को दिनेश सुवेदी सान्त्वना स्थान हासिल गर्नु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका बिजेताहरुलाई मेडल, प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो ।प्रतियोगिताको निर्णायक भुमिकामा जनज्योती मा.बि.का पिताम्बर पराजुली र कालिका मानव ज्ञान मा.बि. का बिवेकराज पोख्रेल रहनु भएको थियो । सामुदायिक उत्थानशिल कार्यक्रम तेस्रो चरण अन्तर्गत पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सियारी युवा संजालको आयोजना तथा मिजेरियर जर्मनी सियारी गाउपालिका सिडियम नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । प्रतियोगितामा ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । सियारी गाउपालिकाका अधिकृत सुधिर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन सिडियम नेपालका सोसल मोभिलाइजेसन अफिसर दिपक क्षेत्रीले गर्नु भएको थियो ।

प्रतियोगितामा सियारी गाउपालिकाका शिक्षा शाखा प्रमुख सुर्य पौडेल, कार्यपालिका सदस्य अन्जु रोकाया, सिडियम नेपालका कार्यक्रम प्रबन्धक मधुसुधन पौडल, गोबिन्द सुनार लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२४-१२-१० , समय : २३:३२:३५ , २ हप्ता अगाडि