उर्मिला यादव यात्री , १०५ पटक हेरिएको
लुम्बिनी, मंसिर २५
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ वडा कार्यालय तेनुहवाको पुरानो भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको नया भवन निर्माण हुन लागेको वडा अध्यक्ष नइमुल हक मुसलमानले जानकारी दिनुभएको छ ।
नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक कार्यक्रम बिच सोमबार नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली र वडा अध्यक्ष नइमुल हक मुसलमानले संयुक्त रुपमा शिलन्यास गर्नुभएको छ । भवनको शिलन्यास गर्दै नगरप्रमुख सजरुद्दिन मुसलमाने नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभएको छ । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको समेत बताउनु भएको छ ।
यस्तै गरी वडा नम्बर ६ का वडाध्यक्ष नइमुल हक मुसलमानले पुरानो भवन भएकोले बर्षायाममा चुहिने लगायतका समस्याले वडाले बिभिन्न चुनौतीहरु सामना गर्नु परेकोले नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने बताउनु भएको छ । साढे २ कठठा जग्गामा निमार्ण हुन लागेको भवन एक करोड लागतमा निर्माण सम्पन्न हुने भएको छ । शिलन्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, वडा नम्बर ६ को वडासदस्य तथा कार्यपालिका सदस्य, लगायत वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-१० , समय : १०:०८:३६ , १ हप्ता अगाडि