बेइजिङ घोषणा पत्रका बाह् वटा प्रतिबद्धताहरुका बारेमा सिद्धार्थनगरमा अभिमुखीकरण

उर्मिला यादव यात्री , १४७  पटक हेरिएको

भैरहवा, मंसिर २३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बेइजिङ घोषणा पत्रका बाह् वटा प्रतिबद्धताहरुका बारेमा जनप्रतिनिधी, कर्मचारी तथा सरोकारवाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको अध्यक्षतामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत शुक्रबार भैरहवामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख उमा अधिकारीले लैंगिक हिंसा न्युनीकरण गर्नका लागी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ । उहाले छोराछोरी बिच समान ब्यवहार गरी शिक्षाको पहुच पुरयाउन सके पनि उनीहरु आत्मनिर्भर हुने बताउनु भएको छ । उहाले समाजमा अझै पनि सोच परिर्वतन हुन नसकेकोले सकरात्मक सोचका साथ आफनो अधिकारको लागी आवाज उठाउन आग्रह गर्नु भएको छ । नगर उपप्रमुख अधिकारीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान हरेक बर्ष सुरु भए पनि अझै पनि लैंगिक हिंसाका घटनाहरु दिनप्रतिदिन बढदै गएको बताउनु भएको छ । उहाले हिंसा प्रभावित महिलालाई न्याय पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने बताउनु भएको छ । उहाले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै पनि महिला हिंसामा कमी आउन नसकेको बताउनु भएको छ । लैंगिक हिंसा न्युनीकरण गर्न महिला शिक्षित र आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । उहाले नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागी बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउदै आएको समेत जोड दिनु भयो ।


यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले समाजमा परिर्वतन ल्याउनका लागी सुरुवात आफु र आफनो परिवारबाट गर्नुपर्ने बताउनु भएको छ । उहाले समाजमा पुरुष भन्दा पनि महिलामा गरिबी धेरै भएकोले महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय बालिकाहरु समेत उच्च जोखिममा रहेकोले उनीहरुको क्षेत्रमा कार्ययोजनाहरु बनाइ काम गर्न आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगरका जनप्रतिनिधीहरुलाई जनताको सेवाका लागी नै निर्वाचित भएकोले जनताको समस्यालाई नै प्रमुख मुद्धा बनाएर काम गर्नुपर्ने बताउनु भएको छ । उहाले बेइजिङ घोषणा पत्रका बाह् वटा प्रतिबद्धताहरुका बारेमा जानकारी गराउनु हुदै महिलाहरुलाई शिक्षासंग जोडन आग्रह गर्नु भएको छ । उहाले कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुलाई स्थानिय तहको निती निमार्ण, बजेट बिनियोजन लगायतका बिबिध बिषयमा सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाले जनताको समस्यालाई वकालत गर्न नसके सक्षम जनप्रतिनिधीको भुमिका निर्वाह गर्न नसकिने उल्लेख गर्नु भयो ।


यस्तै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक अमृता केसीले कार्यक्रमको सहजीकरण गर्दै नेपालका कानुनी प्रावधान, नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, नेपालको संबिधानमा नागरिकता ऐन २०६३, लैंगिक समानता कायम गर्न केही नेपालका ऐन संशोधन गर्न बनेका ऐन २०६३, महिला अधिकार संरक्षण र संम्बर्दनमा देखिएका समस्या र चुनौती, समाधानका उपाय लगायत राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धताका बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै गरी कार्यक्रममा अधिवक्ता रिता खनालले नेपालका नियमकानुन र महिला अधिकारका बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेल , ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्याय, सिनपा ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती श्रेष्ठ, किरण देवी सुनार, वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे, १० का वडाध्यक्ष सुर्जमान यादव, वडा नम्बर १२ का वडाध्यक्ष कुमार गुरुङ , सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपाने, स्वास्थ्य शाखा अधिकृत गीता देवी न्यौपाने, सिद्धार्थनगर नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा अधिकृत जान्हवी पाण्डे, सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरी, सिद्धार्थनगर नगरपालिकाका कर्मचारी जोत्सना हरिजन, कार्यपालिका सदस्य, वडासदस्य, लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कौशल्या चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-०९ , समय : ०१:२६:५७ , ३ हप्ता अगाडि